नेपालमा थाई एयरवेज आफ्नो सेवा सुरु गरेको ५० वर्ष पुगेको छ । सन् १९६८ डिसेम्बर ४ गते थाईले पहिलो पटक नेपालमा आफ्नो उडान गरेको थियो । प्यासेन्जर जेट नेपालमा भित्र्याउन पहिलो उडानसमेत रहेको थाईले सुरुमा साप्ताहिक उडान गर्दै आएको थियो ।
थाइल्यान्डको थाई एयरवेजले नेपालमा दैनिक दुई उडान गर्ने योजना बनाएको छ । हाल सातामा सात दिन नै उडान गरिरहेको एयरवेजले एक वर्षभित्र दैनिक दुई उडान गर्ने तयारी गरेको हो । थाइल्यान्डको बैङ्ककमा मिस नेपाल टिम र पर्यटन व्यवसायीसँगको भेटमा थाई एयरवेजका रेभेन्यू म्यानेजमेन्ट तथा कमर्सियल सर्भिस विभागका भाइस पे्रसिडेन्ट भिरोज सिरिहोराचाइले नेपालमा थाई एयरवेजले दैनिक दुई उडान गर्ने योजना बनाइरहेको जानकारी दिए । ‘अहिले हामीले दैनिक एक उडान गरिरहेका छौं, सन् २०१८ मा दैनिक दुई उडान गर्ने तयारी भइरहेको छ,’ उनले भने ।
नेपालमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने थाई एयरवेज रहेकोमा आफूहरूले गौरव गरेको र नेपालको पर्यटन प्रवद्र्धनमा थाइ एयरवेजको निरन्तर सहयोग हुने उनले बताए । ‘हामीले नेपाल र थाइल्यान्डको संयुक्त पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि ल्याउँदै छौं, यसले दुई देशको पर्यटन प्रवद्र्धनमा फाइदा पुग्छ,’ उनले भने ।
नेपालमा थाई एयरवेजको सेवासुविधाका कारण यसको टिकटको माग बढेकाले दैनिक दुई उडान भए यात्रु र व्यवसायी दुवैलाई सजिलो हुने पर्यटन व्यवसायी तथा सिलिङ्क्स टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशकले बताए । ‘थाइले छिट्टै नेपालमा दैनिक दुई उडान गर्नु आवश्यक छ,’ उनले भने ।
नेपालमा थाई एयरवेज आफ्नो सेवा सुरु गरेको ५० वर्ष पुगेको छ । सन् १९६८ डिसेम्बर ४ गते थाईले पहिलो पटक नेपालमा आफ्नो उडान गरेको थियो । प्यासेन्जर जेट नेपालमा भित्र्याउन पहिलो उडानसमेत रहेको थाईले सुरुमा साप्ताहिक उडान गर्दै आएको थियो । भिजिट नेपाल १९९८ लाई लक्ष्य गर्दै थाई एयरवेजले सन् १९९७ अक्टोबरदेखि नेपालमा दैनिक उडान भरेको थियो । थाईले २० वर्षदेखि दैनिक उडान गर्दै आएको छ ।
सन् १९८५ नोभेम्बरमा काठमाडौंमा कम्प्युटरको माध्यमबाट रिजर्भ गर्ने पहिलो एयरलाइन्स पनि थाई एयरवेज हो । थाईले विभिन्न ट्राभल एजेन्टलाई समेत सन् १९९० देखि रिजर्भ सेवा प्रदान गर्दै आएको छ । थाईको आफ्नै सिल्कक्लास लन्ज, आफ्नै ग्राउन्ड ह्यान्डलिङ सर्भिस, रोयल अर्किड होलिडे प्याकेज, आफ्नै टेक्निकल ह्यान्डलिङ सर्भिस र फस्ट इन–फ्लाइट म्यागेजिन सेवा दिँदै आएको छ ।
थाई एयरवेजले नेपालमा ५० वर्षदेखि निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको नेपालका लागि थाई एयरवेजका महाप्रबन्धक पिरापोङ जुटागानुनले बताए । ‘हामीले नेपाल आउने र नेपालबाट उड्ने यात्रुहरूलाई उत्कृष्ट सेवा दिइरहेका छौं,’ उनले भने । नेपालबाट थाइल्याडको ‘फाम ट्रिप’मा मिस नेपाल वल्र्ड निकिता चण्डक, मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल नीति शाह र मिस नेपाल एसिया प्यासिफिक सहारा बस्नेतको सहभागिता थियो ।