
प्राधिकरणले गत आर्थिक वर्ष २०७४/०७५ को नियमानुसार बुझाउनु पर्ने वित्तीय विवरण र सोअनुसार तिर्नु पर्ने रोयल्टी तथा ग्रामीण दूरसाञ्चार विकास कोषबापतको रकम नबुझाएको भन्दै अनुमति पत्र खारेज गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले एलाइड नेटलिङ्क टेक्नोलोजिज प्रालिको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७४/०७५ को नियमानुसार बुझाउनु पर्ने वित्तीय विवरण र सोअनुसार तिर्नु पर्ने रोयल्टी तथा ग्रामीण दूरसाञ्चार विकास कोषबापतको रकम नबुझाएको भन्दै अनुमति पत्र खारेज गरेको हो ।
प्राधिकरणका अनुसार एलाइड कम्पनी महाराजगञ्जले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको र उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ बमोजिम मिति २०७५/०६/१३ देखि स्वतः खारेज भएको एक सूचना जारी गरी जनाएको छ ।