नदीजन्य पदार्थ उत्खननमा रोक

नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रुपमा रोक लगाएको हो ।

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकोे छ ।

नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रुपमा रोक लगाएको हो ।

यदि सो सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा १० हजारदेखि ३० हजार रूपैयाँसम्म जरिवाना तथा जफत गरिएका सामग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने नगरपालिकाले जनाएको छ ।

पहिलोपटक उत्खनन गरेको पाइएमा १० हजार, दोस्रापटक पाइएमा २० हजार र तेस्रोपटक पाइएमा ३० हजार रूपैयाँ जरिवाना गरिने नगरका प्रेस संयोजक सागर गौतमले बताए । उनका अनुसार निषेधित गरिएको सो कार्य गरिरहेको सूचना उपलब्ध गराउने व्यक्ति वा सङ्घसंस्थालाई नगरपालिकाले उचित पुरस्कारको व्यवस्थासमेत गरेको छ ।

नगरपालिकाभित्र विरिङ, टाङटिङलगायतका नदी छन् ।  रासस