व्यापारीले केन्द्रीय बैङ्कको स्वीकृति लिएर चाहिएजति सुनचाँदी खरिद गर्न सक्ने छन् । यसअघि वाणिज्य बैङ्कले मात्र विदेशबाट सुन ल्याउन पाउने नीति भए पनि अब राष्ट्र बैङ्कको स्वीकृति लिएर चाहे जति सुन विदेशबाट ल्याउन पाइने भएको हो ।
अब व्यापारीले आफूलाई चाहिएजति सुनचाँदी विदेशबाट आयात गर्न पाउने भएका छन् । व्यापारीले केन्द्रीय बैङ्कको स्वीकृति लिएर चाहिएजति सुनचाँदी खरिद गर्न सक्ने छन् । यसअघि वाणिज्य बैङ्कले मात्र विदेशबाट सुन ल्याउन पाउने नीति भए पनि अब राष्ट्र बैङ्कको स्वीकृति लिएर चाहे जति सुन विदेशबाट ल्याउन पाइने भएको हो ।
‘सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी बिक्रीसम्बन्धी कार्यविधि २०७५’ सार्वजनिक गर्दै केन्द्रीय बैङ्कले स्वदेश तथा विदेशबाट सुनचाँदी ल्याउन बाटो खोलिदिएको हो । तर, सुनचाँदी भित्र्याउनका लागि राष्ट्र बैङ्कको अावश्यक प्रक्रिया पुर्याउनु पर्नेछ ।
आयात गरिने सुनचाँदीको गुणस्तर ९९९ दशमलव ९ टचको हुनुपर्ने छ भने नयाँ विनियमावलीपछि नेपाल सरकारले पनि आवश्यक्ताअुनसार स्वयम् सुनचाँदी खरिद गर्न सक्ने छ । सुनचाँदीको खरिद मूल्य निर्धारण गर्दा आस्से परीक्षणबाट कायम हुन आएको गुणस्तरको आधारमा गलान गरेको दिनको अन्तर्राष्ट्रिय बजार मूल्यले हुन आउने रकममा विनियमावलीमा तोकिए बमोजिमको रकम थप गरी निर्धारण गर्नु पर्नेछ ।
साथै राष्ट्र बैङ्कले ल्याएको नयाँ विनियमावली अनुसार राष्ट्रिय विभुति, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका विषेश दिन, वर्ष, उपलब्धिी, कार्यक्रम वा अवसरसँग सम्बन्धित विषयवस्तु भएको चाँदीको सिक्का पनि बेच्न पाइने छ ।
सुनचाँदीको मूल्य निर्धारण गर्दा नेपाल सुनचाँदी व्यवसायी महासङ्घद्वारा प्रकाशित सुनको स्थानीय बजार मूल्य र विदेशी विनिमय व्यवस्थापन विभागबाट उपलब्ध हुने भारतीय बजारको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य बीचको मूल्य गणना गरिने छ । यदि गणना गरिएभन्दा कम मूल्य भएमा नेपाली बजारको मूल्यलाई नयाँ आधारमा मूल्य लिने केन्द्रीय बैङ्कले जनाएको छ ।
नेपाल सरकारले वा कुनै संस्था तथा मन्दिरका लागि आवश्यक परेमा जो कोहीले पनि सोझै काँचो सुनचाँदीको बिक्री गर्न सकिने जनाइएको छ । बिक्री गर्दा दैनिक मूल्य निर्धारणलाई अन्तिम मूल्य लिइनुपर्ने छ ।