उनले ‘प्लास्टा नेपाल एक्स्पो २०१८’ को उद्घाटन गर्दै प्लास्टिक उद्योगमा रहेका यस प्रकारका सम्पूर्ण समस्या समाधान गर्न सरकारले स्पष्ट नीति नियम ल्याउने बताए । उनका अनुसार नेपालमा अहिले प्लास्टिक समस्या मुख्य समस्याका रुपमा रहनु यसको व्यवस्थापन कमजोरी हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्लास्टिक उद्योगमा रहेका समस्या समाधान तथा व्यवस्थापनका लागि सरकार सदैव तयार रहेको बताएका छन् । खतिवडाले अहिले काठमाडौंलगायत अन्य क्षेत्रहरुमा प्लास्टिकको व्यवस्थापन नभई दुरुपयोग भइरहेको बताएका छन् ।
उनले ‘प्लास्टा नेपाल एक्स्पो २०१८’ को उद्घाटन गर्दै प्लास्टिक उद्योगमा रहेका यस प्रकारका सम्पूर्ण समस्या समाधान गर्न सरकारले स्पष्ट नीति नियम ल्याउने बताए । उनका अनुसार नेपालमा अहिले प्लास्टिक समस्या मुख्य समस्याका रुपमा रहनु यसको व्यवस्थापन कमजोरी हो ।
एक पटक प्रयोग गरिसकेपछि पुनः त्यही वस्तु प्रयोगमा नआउनु तथा खराब व्यवस्थापन हुनुमा उपभोक्ताको पनि चरम लापरवाही र कमजोरी रहेको खतिवडाको भनाइ छ ।
प्लास्टिक अहिले जन्मदेखि मृत्युसम्म, बिहान उठ्दादेखि बेलुकीसम्म उपभोग हुने भन्दै उनले भने, ‘प्रयोगकर्ताले पुनः प्रयोग गर्नुपर्ने तथा उद्योगले पुनः उत्पादन गर्नुपर्छ ।’ सरकारले तोकेका मापदण्ड र नीति नियमअनुसार चल्नुपर्ने बताउँदै उपभोक्ता हित वातावरण संरक्षणको भाषण गरिरहे पनि व्यवहारमा उतार्ने कोही नभएको उनको दाबी छ ।
ख्तिवडाले प्लास्टिक उद्योगमा सरकारले तोकेबमोजिमको मापदण्ड तथा गुणस्तरअनुसार उद्योगले काम गरेमा प्लास्टिक उद्योगलाई चाहिने सेवा सुविधा दिन सरकार तयार रहेको बताए । सरकारले उद्योगी व्यवसायीलाई संरक्षण दिइरहँदा व्यापारी तथा उपभोक्ताको हितका लागि सरकारी कर नीति, भन्सार नीति तथा आयात नीतिहरु व्यवस्थापन गरी प्लास्टिक तथा अन्य उद्योगी व्यवसायीसँग सहकार्य गर्न सरकार कटिबद्ध रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
‘सरकारले कच्चापदार्थ आयातभन्दा तयारी वस्तु आयातमा भन्डै एक तहमाथिको भन्सार दर लगाएको छ । त्यसैले उद्योगी व्यवसायीलाई संरक्षण र प्रोत्साहन गर्न कुनै कसर बाँकी राखिँदैन,’ उनले भने ।