सांसदलाई आफ्नो पक्षमा पार्न चिनी अायातकर्ताकाे ‘लबिङ’

‘खासगरी, चिनीलाई कच्चा पदार्थको रुपमा भित्र्याउँदै आएका ब्यापारीहरुले सांसदलाई उचालेर आफ्नो भ्वाइस स्थापित गर्न खोजेका छन्, । ‘बजारमा चिनीको मूल्य अस्वाभाविक बढाउन पनि उनीहरुको ठूलो हात छ ।’ सरकारले चिनीको भन्सार बढाएपछि उपभोेक्तामूल्य बढेको भन्ने पारेर उनीहरु चिनीमाथि राजनीति गर्न थालेका हुन् ।

सांसदलाई आफ्नो पक्षमा लिएर चिनी आयातकर्ताले चिनीमाथि चर्को राजनीति सुरु गरेका छन् । केही सांसदलाई आफ्नो पक्षमा पार्ने र उनीहरुमार्फत् आफ्नो ‘भ्वाइस’ स्थापित गराएर सरकारले बढाएको चिनीको भन्सार फिर्ता गराउने प्रपन्चमा लागेको सरकारी अधिकारीहरु बताउँछन् ।

‘बढेको भन्सार घटाउन चिनी आयातकर्ताले सुरुदेखि नै लबिङ गरेका हुन्,’ एक सरकारी उच्च कर्मचारीले क्यापिटल नेपालसँग भने, ‘तर, सकेका थिएनन्, अहिले त्यही कुरा सांसदमार्फत् बोलाइरहेका छन् ।’ बजारमा उनीहरुकै उक्साहटपछि चिनीको मूल्य खुद्रा बिक्रेताले बढाएको र सोही बहाना देखाएर उनीहरुले सांसदलाई उचाल्न लगाएको ती अधिकारीको दाबी छ ।

‘खासगरी, चिनीलाई कच्चा पदार्थको रुपमा भित्र्याउँदै आएका व्यापारीले सांसदलाई उचालेर आफ्नो भ्वाइस स्थापित गर्न खोजेका छन्,’ ती अधिकारीले भने, ‘बजारमा चिनीको मूल्य अस्वाभाविक बढाउन पनि उनीहरुको ठूलो हात छ ।’ सरकारले चिनीको भन्सार बढाएपछि उपभोेक्तामूल्य बढेको भन्ने पारेर उनीहरु चिनीमाथि राजनीति गर्न थालेको आपूर्ति मन्त्रलायका एक उच्च अधिकारी बताउँछन् ।

सरकारले स्वदेशी उद्योग र किसानको संरक्षण गर्न चिनीको भन्सार १५ बाट ३० प्रतिशत पुर्याएको थियो । त्यसपछि चिनी आयातकर्ता सरकारको विरोधमा उत्रिएका थिए ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको भाउ निरन्तर ओरालो लाग्दा पनि चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर बन्ने वस्तुको मूल्य नघटाएर मोटो रकम कमाउँदै आएका व्यापारीलाई भन्सार बढेपछि नाफा घटेकोमा चिन्ता लागेको ती अधिकारीले भने । ‘उपभोक्तालाई नघटाउने तर, सस्तोमा चिनी आयात गरेर मालामाल बन्ने व्यापारी हामीले चिनेका छौं,’ ती अधिकारीले भने, ‘आज उनीहरु नै दूधले नुहाए जस्तो बन्न खोजेका छन् ।’

अहिले केही सांसदलाई उचालेर बढेको भन्सार फिर्ता गर्न लगाउने र मोटो रकम कमाउने खेलमा चिनी आयातकर्ता लागेको सरकारको निष्कर्ष छ ।

संस्तोमा चिनी आयात हुन थालेपनि सरकारले भन्सार बढाएर चिनी उद्योगीलाई थोरै भए पनि राहत दिएको थियो । तर, त्यसविरुद्ध चिनी आयातकर्ताले सुरुदेखि नै सरकारलाई कुनै न कुनै रुपमा दबाब दिँदै आएका छन् ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार संस्तोमा चिनी आयात गरेका बेला कुन उद्योगले कन्फेक्सनरीको मूल्य घटाए ? नेपालमा चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योग कति छन् ? ती उद्योगले संस्तोमा चिनी ल्याएपछि मूल्य घटाउनु पर्दैन ? ‘नेपालमा डाइरेक्ट चिनी प्रयोग गर्ने भन्दा पनि चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर बन्ने सामग्रीको खपत धेरै छ । तर, त्यसको मूल्य कतै घट्यो ?’ ती अधिकारीले भने ।