माछापुच्छ्रेको नबिकेको हकप्रद सेयर लिलामीमा

काठमाडाैँ । माछापुच्छ्रे बैङ्कले नबिकेको संस्थापक तथा सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । बैङ्कले संस्थापक समूहतर्फको २० हजार कित्ता र सर्वसाधारण समूहतर्फको एक लाख ४० हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीमा राखेको हो ।

बैङ्कले गत साउन १ देखि भदौ ७ गतेसम्म चुक्ता पुँजीको १२ प्रतिशतबाट हुन आउने ७९ लाख १८ हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको थियो । बैङ्कले हकप्रद लिलाम बिक्रीका लागि कात्तिक ५ देखि १३ गतेसम्म सिलबन्दी बोलपत्र आह्वान मिति तोकेको छ । बैङ्कको हकप्रद सेयर सिलबन्दी बोलपत्रका लागि आवेदकले न्यूनतम एक सय रुपैयाँदेखि आह्वान गर्न सक्ने बैङ्कले जानकारी दिएको छ । बोलपत्र आवेदन दिँदा संस्थापक समूहतर्फ न्यूनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अङ्कमा हाल कायम रहेको सेयरमा २ प्रतिशतभन्दा बढी नहुने गरी २० हजार दुई कित्तामै आवेदन दिन सकिने बैङ्कले बताएको छ ।

साथै सर्वसाधारण समूहतर्फका लागि न्यूनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अङ्कमा बिक्री खुला गरिएबराबरकै लागि आवेदन दिन पाइने बैङ्कले जानकारी दिएको छ । बैङ्कको बिक्री प्रबन्धक एनएमबी क्यापिटल छ ।