अर्थशास्त्रको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई

नोबेल पुरस्कार समितिले ’इकोनोमिक साइन्स’ विधामा अमेरिकी अर्थशास्त्रीद्वय विलियम नोर्डहाउस र पल रोमरलाई संयुक्तरुपमा दिने जनाएको छ ।

अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई दिइएको छ । नोबेल पुरस्कार समितिले ’इकोनोमिक साइन्स’ विधामा अमेरिकी अर्थशास्त्रीद्वय विलियम नोर्डहाउस र पल रोमरलाई संयुक्तरुपमा दिने जनाएको छ ।

नोर्डहाउसलाई ’इन्टिग्रेटिङ क्लाइमेट चेन्ज इन टु लङ रन म्याक्रोइकोनोमिक एनालिसिस’ शीर्षकमा गरिएको अनुसन्धान र रोमरलाई ’इन्टिग्रेसन टेक्नोलोजिकल इनोभेसन इन टु लङ एन्ड म्याक्रोइकोनोमिक एनालिसिस’ शीर्षकमा गरिएको अध्ययनका लागि यो पुरस्कार दिइएको नोबेल पुरस्कार छनौट तथा वितरण समितिले जनाएको छ ।

अमेरिकाको न्यू मेक्सिकोमा सन् १९४१ मा जन्मिएका नोर्डहाउस येल युनिभर्सिटीमा आबद्ध छन् भने १९५५ मा जन्मिएका रोमर अमेरिकाकै न्युयोर्क युनिभर्सिटी स्कुल अफ बिजनेसमा आबद्ध छन् ।

नोबेल समितिले यो वर्ष इनोभेसन, क्लाइमेट र इकोनोमिक ग्रोथलाई केन्द्रमा राखेर पुरस्कार छनौट गरिएको उल्लेख गरेको छ । अर्थशास्त्र विधामा १९६९ बाट नोबेल पुरस्कार दिन थालिएको हो ।