पछिल्लो समय अमेरिकी डलर बढिरहँदा नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार तोकेको नयाँ विनिमय दरअनुसार डलरको मूल्य १ सय १८ रुपैयाँ ८० पैसा पुगेको छ, जुन, मूल्य हालसम्मकै उच्च हो ।
नयाँ आर्थिक वर्षदेखि लगातार उकालो लाग्दै आएको डलरको मूल्य अहिलेसम्मकै उच्च दरमा पुगेको छ । पछिल्लो समय अमेरिकी डलर बढिरहँदा नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार तोकेको नयाँ विनिमय दरअनुसार डलरको मूल्य १ सय १८ रुपैयाँ ८० पैसा पुगेको छ, जुन, मूल्य हालसम्मकै उच्च हो ।
यसअघि अमेरिकी डलरको मूल्य १ सय १८ रुपैयाँ ३३ पैसा थियो । करिब ३ दिनसम्म स्थिर अवस्थामा रहेको डलरको मूल्य मङ्गलबार ४७ पैसाले बढेर १ सय १९ रुपैयाँको नजिक पुगेको हो । दिनदिनै मूल्य बढिरहेको डलरको अगाडि भारतीय मुद्रा (भारु) कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुँदै गएको छ ।
केन्द्रीय बैङ्कको नयाँ विनियमावलीअुनसार आज बुधबार डलरको खरिद मूल्य ११८ रूपैयाँ २० पैसा छ भने बिक्री मूल्य १ सय १८ रुपैयाँ ८० पैसा ताेकिएकाे छ ।