आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए । प्रभावित ६२ परिवारमध्ये १२ परिवारले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि सात करोड ७३ लाख विनियोजन गरेको छ ।
एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि एक करोड ६३ लाख रूपैयाँ मुआब्जा वितरण गरिएको छ ।
आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए । प्रभावित ६२ परिवारमध्ये १२ परिवारले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि सात करोड ७३ लाख विनियोजन गरेको छ ।
विद्युत् गृह जाने प्रवेशमार्ग तथा अन्य आवश्यक पर्ने जग्गा आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर मूल्य निर्धारण गरिएको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहण गर्न प्रतिरोपनी नौ लाखदेखि २० लाख रूपैयाँसम्म मूल्य निर्धारण गरिएको छ । पहिरोमा परेको जग्गाका लागि प्रतिरोपनी २ लाख ४० हजार निर्धारण गरिएको छ । नदी फर्काउन, बाँधलगायतको पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रूपैयाँमा सम्झौता भएको छ ।
त्यस्तै आयोजनाको सुरुङ, विद्युत् गृह निर्माणलगायतको दोस्रो प्याकेजका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग ३ अर्ब ८३ करोड १४ लाखमा सम्झौता भएको छ । दुवै प्याकेजको निर्माण दुई महिनापछि सुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ । रासस