सुरुङ निर्माण भइसकेको स्थानमा भूँइ ढलानको काम सुरु गरिनेछ । सुरङ सम्पन्न भएपछि त्यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ । सरकारले मेलम्चीपछि याग्री र लार्के खोलाको पानी पनि उपत्यकामा लैजाने योजनाअनुसार सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । यी दुई खोलाको पानी राजधानी लैजान थप १० किमी सुरुङ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । याग्री र लार्केबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी लगिनेछ ।
मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्ड अन्तर्गतको ग्याल्थुम–सिन्धु खण्डको सुरुङमार्ग साढे दुई महिना सम्पन्न हुने भएको छ । पहिलो चरणमा सिन्धु–सुन्दरीजल खण्डको ९ किमीको सुरुङ छिचोलिएको र दोस्रो चरणमा ग्याल्थुम–सिन्धु खण्डको करिब १० किमी सुरुङ मध्ये ८ दशलमव २ किमी सुरुङ बनिसकेको हो । अब ४ सय ४३ मिटर मात्र बाँकी छ । त्यो आगमी दुई महिना भित्र सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए ।
‘मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ निर्माण सकिएको छ’ उनले भने, ‘खन्न बाँकी रहेको सुरुङ अबको साढे दुई महिनामा पूरा हुन्छ ।’
सुरुङ निर्माण भइसकेको स्थानमा भूँइ ढलानको काम सुरु गरिनेछ । सुरङ सम्पन्न भएपछि त्यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ । सरकारले मेलम्चीपछि याग्री र लार्के खोलाको पानी पनि उपत्यकामा लैजाने योजनाअनुसार सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ ।
यी दुई खोलाको पानी राजधानी लैजान थप १० किमी सुरुङ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । याग्री र लार्केबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी लगिनेछ ।
२०५६ मा आयोजनाको काम सुरु गर्दा लागत ४६.४० करोड अमेरिकी डलर अनुमान गरिएको थियो । योजनाअनुसार काम नभएपछि विश्व बैङ्क, नर्वे र स्विडेनले दिन कबोल गरेको १३.३० करोड डलर फिर्ता लगेका थिए । त्यसपछि लागत ३१.७० करोडमा झरेको थियो ।
‘चाइना रेल्वे ब्युरो–१५ नामक चिनियाँ कम्पनी २०६५ सम्म काम गरेर छोडेपछि इटलियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी सिएमसी दी राभेनासँग बाँकी काम गर्न सम्झौता भएको थियो । त्यतिबेला पुनः लागत संशोधन गरेर २८.७४ करोड डलरमा झारिएको थियो ।
तोकिएको समयअघि काम पूरा भए सरकारले सम्झौता रकमको ०.०५ प्रतिशतका दरले अधिकतम ९ प्रतिशतसम्म (करिब ६५ करोड रुपैयाँ) बोनस दिने समेत निर्णय गरेको थियो ।
यसको ठिक उल्टो ठेकेदारले बढी समय लगाए यही आधारमा क्षतिपूर्ति तिराउने प्रावधान छ ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको साढे १७ करोड लिटर पानी काठमाडौं सुन्दरीजलसम्म ल्याउन खन्नुपर्ने साढे २७ मध्ये २१ किलोमिटर खनिएको छ । ६ किलोमिटर यसअघि चिनियाँ ठेकेदारले खनेको थियो ।खइटालियन ठेकेदारसँग २०७० असार ३१ मा ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैंक (एडिबी) ले कुल आयोजनामा ८० प्रतिशत सहयोग उपलब्ध गराएको हो ।