डलरको नयाँ उचाई, १२० रुपैयाँको नजिक

नयाँ आर्थिक वर्षदेखि उकालो लाग्दै आएको डलरको मूल्य बुधबार १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको हो । नेपाल राष्ट्र बैङ्कले बुधबार तोकेको नयाँ विनिमय दरअनुसार डलरको मूल्य १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

दिनदिनै बढिरहेको अमेरिकी अमेरिकी डलरले आज बुधबार नयाँ उचाई कायम गरेको छ । नयाँ आर्थिक वर्षदेखि उकालो लाग्दै आएको डलरको मूल्य बुधबार १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको हो । नेपाल राष्ट्र बैङ्कले बुधबार तोकेको नयाँ विनिमय दरअनुसार डलरको मूल्य १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

यसअघि अमेरिकी डलरको मूल्य १ सय १८ रुपैयाँ ८० पैसा थियो । हिजो ४७ पैसाले बढेको डलरको मूल्य बुधबार ५३ पैसाले बढेको छ । दिनदिनै मूल्य बढिरहेको डलरको अगाडि भारतीय मुद्रा (भारु) कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुँदै गएको छ ।