नेपालगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या समाधान गरिँदै

प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ । प्राधिकरणले त्यसका लागि सवस्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने भएको छ । हाल सो सवस्टशेनमा ३०÷३० एमभिएका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । त्यहाँ ६३ एमभिएको नयाँ ट्रान्सफर्मर आएपछि एउटा निकालिने छ ।