बजाज आरई स्वरोजगार र्याली

काठमाडौँ । बजाज थ्री ह्विलर्स बजाज आरईको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज आरई स्वरोजगार र्यालीआयोजना गरेको छ । स्वरोजगारीमै समझदारी मुख्य नारा रहेको र्यालीमा २० ओटा बजाज आरईको सहभागिता थियो ।

अभियानले पूर्वपश्चिम राजमार्गमा २५ दिनसम्म यात्रा गर्नेछ । करिब एक हजार २७ किलोमिटरको यात्रा बिर्तामोडबाट सुरु भएको छ । उक्त यात्रा महेन्द्रनगरमा सम्पन्न हुनेछ । स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश थिए । अभियानमा कलाकार प्रश्ना शाक्य र विश्व नेपालीले विभिन्न नेपाली गीत गाएर स्थानीय बासिन्दालाई मनोरञ्जन प्रदान गरेका थिए । यसका साथमा प्रसिद्ध हास्य कलाकार राजा राजेन्द्रले हास्य प्रस्तुतिका साथ मनोरन्जन गराए । उक्त अवसरमा स्थानीय कलाकारको पनि भव्य प्रस्तुति थियो । स्थानीयवासीले कार्यक्रममा उत्साहका साथ मनोरञ्जन लिएका थिए ।

बजाज आरईबारे जनचेतना अभिवृद्धि गराउनु र्यालीको उद्देश्य रहेको कम्पनीको भनाइ छ । नेपालमा स्वरोजगारी सिर्जना गराउने उद्देश्यका साथ विश्वको नम्बर १ थ्री ह्विलर्स ब्रान्ड बजाज आरई नेपालभर बिक्री भइरहेको छ, जसले वैदेशिक रोजगारीबाट फर्किएका र यहाँ सङ्घर्ष गरिरहेका कामदारलाई रोजागारी सिर्जनाको अवसर प्रदान गर्छ ।