नेपाल र भारतबीचको स्थिर विनिमय दरको प्रभाव नेपालको मुद्रास्फीतिमा देखिएको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा (भारु) कमजोर भएपछि नेपाली मुद्रा पनि कमजोर सावित भएको छ । चैत १९ मा प्रतिअमेरिकी डलर एक सय ४ रुपैयाँ रहेको मुद्रा सटहीदर साढे १२ प्रतिशतले कमजोर हुँदै असोज १८ मा १ सय १७ रुपैयाँ पुगेको छ । स्थिर विनिमय दरको फाइदा आयातबाट लिन सकिने भए पनि भारु कमजोर बनेकाले भारत भएर अन्य...
नेपाल र भारतबीचको स्थिर विनिमय दरको प्रभाव नेपालको मुद्रास्फीतिमा देखिएको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा (भारु) कमजोर भएपछि नेपाली मुद्रा पनि कमजोर सावित भएको छ । चैत १९ मा प्रतिअमेरिकी डलर एक सय ४ रुपैयाँ रहेको मुद्रा सटहीदर साढे १२ प्रतिशतले कमजोर हुँदै असोज १८ मा १ सय १७ रुपैयाँ पुगेको छ । स्थिर विनिमय दरको फाइदा आयातबाट लिन सकिने भए पनि भारु कमजोर बनेकाले भारत भएर अन्य मुलुकबाट आएको सामग्री स्वतः महँगो हुने हुँदा नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्रमा मूल्यवृद्धिको चाप अझै पर्ने देखिन्छ ।
अर्कोतिर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा नेपाल दोहोरो चेपुवामा परेको छ । एकातिर डलरको तुलनामा नेपाली मुद्रा कमजोर र अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असरले नेपालमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । २०७४ चैत १९ पछि मात्रै पटकपटक गरी डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १६ रुपैयाँ बढेको छ । त्यस बेलाको मूल्य प्रतिलिटर ८५ रुपैयाँका आधारमा पछिल्लो मूल्य एक सय एक रुपैयाँ हुँदा करिब १९ प्रतिशतले मूल्यवृद्धि भएको छ । डिजेलमा मूल्य बढेका आधारमा सरकारले दसैंकै मुखमा पनि सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउने निर्णय ग¥यो । सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढ्नुको अर्थ हो, हरेक क्षेत्रमा त्यसको लागत बढ्छ र हरेक वस्तुको मूल्यवृद्धि हुन्छ । त्यसले पनि दसैंको मुखैमा वृद्धिको व्यापक दबाब परेको छ ।
मूल्यवृद्धिको तुलना गर्दा वस्तु उत्पादन समयलाई पनि ख्याल गर्नुपर्छ । खासगरी उत्पादन नहुने समयमा ती वस्तुहरु भेटिए पनि मूल्य बढी पर्ने गर्छ । सामान्यतया अघिल्लो वर्ष र सम्बन्धित वर्षको सोही अवधिमा मूल्यमा कति परिवर्तन भयो भन्ने कुराले मात्रै वास्तविक मूल्यवृद्धि भएको हो कि होइन भन्ने जानकारी दिन्छ । अघिल्लो महिना र पछिल्लो महिनाको वा ६ महिना र पछिको मूल्य तुलनाले वास्तविक रुपमा मूल्यवृद्धि भएको वा नभएको भनेर विश्लेषण गर्न सकिँदैन । किनभने मूल्यवृद्धिका लागि वस्तुको उपलब्धता र त्यसको उपयोगले निर्धारण गर्छ । जस्तो जाडो महिना र गर्मी महिनामा हुने विद्युत् उपयोगका आधारमा बढी भयो वा कम भयो भन्न सकिँदैन । जस्तो फागुन चैतमा आलुको मूल्य र भदौ असोजको आलुको मूल्य तुलना हुन सक्दैन । यसले मूल्य बढेको वा घटेको भन्न मिल्दैन । किनभने अहिले आलुको उपलब्धता र फागुनचैतमा आलुको उपलब्धता फरक हुन्छ । यही फरकपनले मूल्यमा उतारचढाव आउने गर्छ । हामीकहाँ विपरीत समयमा पनि मूल्य तुलना गरेर महँगी बढ्यो घट्यो भन्ने गरिन्छ, जुन एकदमै गलत छ ।
अर्कोतिर चालू आर्थिक वर्षमा सङ्घीय, प्रदेश र स्थानीय सरकारहरुले लगाएको विभिन्न करहरु देखाएर मूल्यवृद्धि गर्न उद्यगी व्यवसायीहरुले चलखेल गरिरहेका छन् । सङ्घीय सरकारले चिनी, मैदा, घिउतेल, चिया, मोबाइल जस्ता वस्तुमा दिइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको व्यवस्था खारेज गरी सम्बन्धित किसानलाई सीधै अनुदान दिने व्यवस्था गरे पनि उद्योगी व्यवसायीले यसको गलत व्याख्या गर्दै मूल्य बढाए । यसले दैनन्दिन उपभोग्य वस्तु चामल, चिनी, तेल, घिउ जस्ता वस्तुहरुमा मूल्य बढ्न पुग्यो ।
विभिन्न कोणबाट मूल्यमा चाप परिरहे पनि सरकारले भने त्यसतर्फ हस्तक्षेप गर्ने र जनसाधारणलाई सहुलियत रुपमा वस्तु उपलब्ध गराउन कुनै भूमिका निभाएन । तरकारी बजारमा देखिएको बिचौलियाहरुको दबाबमा बजारलाई नियन्त्रणमा लिन पनि सकेन । यसको असर दसैं जस्ता ठूला चाडपर्व मात्रै होइन, वर्षैभरि नै मूल्यवृद्धिको चपेटामा पर्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले अनुगमनलाई प्रभावकारी विस्तार गरी जनसाधारणले सरल मूल्यमा सहज रुपले उपभोग्य वस्तु प्राप्त गर्ने अवसर सिर्जना दुर्गा भवानीले शक्ति प्रदान गरुन् ।