no-image

एआइजी नेतृत्वको टोली कञ्चनपुर पुगेको छ। १३ वर्षीया निर्मला पन्तको घटना बारे बुझ्न एआइजी धिरु वस्न्यातको टोली शुक्रावार कञ्चनपुर पुगेको हो।

प्रहरी प्रधान कार्यालयले गठन गरेको सहितको चार सदस्य टोली आज विहानै कञ्चनपुर पुगेको हो। सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह-सचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो।

समितीले बुझाएको प्रतिवेदन गृहमन्त्रालयले सार्वजनिक गरिसकेको छ। प्रतिवेदनमा स्पष्टरुपमा घटना क्रमम उल्लेख नभएपनि प्रहरीको लापरबाहि भएको उल्लेख गरिएको छ। भदौ ३१ गते प्रहरी प्रधान कार्यालय नक्सालले तत्कालीन डिआइजी धिरु वस्न्यातको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।