३० प्रतिशत बढ्यो वैदेशिक सहयोग

यो वर्ष कुल १ अर्ब ५८ करोड ११ लाख ४० हजार डलरमध्ये ८८ प्रतिशत हिस्सा सरकारी बजेटमा भित्रिएको हो भने करिब १२ प्रतिशत अर्थात् १८ करोड ६५ लाख ४० हजार डलर विभिन्न गैरससरकारी संघसंस्थामार्फत परिचालन भएको हो ।

कुल बजेटरी सहायतामध्ये बहुराष्ट्रिय दाताबाट ६० प्रतिशत अर्थात् ८३ करोड २ लाख ७० हजार डलर र द्विपक्षीय दाताबाट ४० प्रतिशत अर्थात् ५६ करोड ४३ लाख ४० हजार डलर आएको छ ।

नेपालले आर्थिक वर्ष २०७२/७३ (२०१६/१७) मा ४० विकास साझेदारबाट कुल १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलरबराबरको वैदेशिक सहायता प्राप्त गरेको छ । यो सहायता सरकारको बजेटरी प्रणालीभित्रको मात्रै हो । बजेटरी सहायता अघिल्लो वर्षको तुलनामा २९.८४ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७१/७२ मा यस्तो सहयोग १ अर्ब ७ करोड ४० लाख ६० हजार डलरबराबरको आएको थियो ।

यो वर्ष कुल १ अर्ब ५८ करोड ११ लाख ४० हजार डलरमध्ये ८८ प्रतिशत हिस्सा सरकारी बजेटमा भित्रिएको हो भने करिब १२ प्रतिशत अर्थात् १८ करोड ६५ लाख ४० हजार डलर विभिन्न गैरससरकारी संघसंस्थामार्फत परिचालन भएको हो । कुल बजेटरी सहायतामध्ये बहुराष्ट्रिय दाताबाट ६० प्रतिशत अर्थात् ८३ करोड २ लाख ७० हजार डलर र द्विपक्षीय दाताबाट ४० प्रतिशत अर्थात् ५६ करोड ४३ लाख ४० हजार डलर आएको छ । अर्थ मन्त्रालयले आइतबार विकास सहायता प्रतिवेदन (२०१६/१७), नेपालको विकास सहायता मूल्याङ्कन र सङ्घीय नेपालमा वैदेशिक सहायता परिचालन विषयक तीनओटा प्रतिवेदन सार्वजनिक गरेको हो ।

नेपाललाई दिइएको सहयोगमध्ये ७१ प्रतिशत हिस्सा विश्व बैङ्क, एसियाली विकास बैङ्क, अमेरिकी सहयोग नियोग, संयुक्त राज्य (बेलायत र संयुक्त राष्ट्रसङ्घीय समूहको छ । यी ५ ओटा साझेदारले मात्रै कुल सहयोगमध्ये ७१ प्रतिशत सहायता दिएको विकास सहायता प्रतिवेदनमा उल्लेख गरेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १२ प्रतिशत वैदेशिक सहायता अपेक्षा गरिएको थियो ।

विवरणअनुसार २०१६/१७ मा विश्व बैङ्कले ३४ करोड ५९ लाख ६० हजार, एसियाली विकास बैङ्कले २५ करोड ३८ लाख ९० हजार, अमेरिकी सहयोग नियोग १३ करोड ४० लाख ५० हजार, बेलायत १२ करोड ८३ लाख १० हजार र संयुक्त राष्ट्रसङ्घीय समूहबाट १२ करोड ७ लाख ३० हजार डलर वैदेशिक सहायता प्राप्त भएको छ ।