बोर्डले सन् २०१७ मा पर्यटन क्षेत्रमा भएका विभिन्न गतिविधि, भूमिका र स्थितिबारे जानकारी समेटिएको पुस्तक ‘फोकस २०१७’ सार्वजनिक गरेको छ ।
नेपाल पर्यटन बोर्डले आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बोर्डले सन् २०१७ मा पर्यटन क्षेत्रमा भएका विभिन्न गतिविधि, भूमिका र स्थितिबारे जानकारी समेटिएको पुस्तक ‘फोकस २०१७’ सार्वजनिक गरेको छ ।
बोर्डले सन् २०२० सम्म नेपालमा २ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यहीअनुरुप पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । कार्यक्रममा बोर्डका सीईओ जोशीले भने, ‘हाम्रो पर्यटन अहिले प्राकृतिक, सांस्कृतिक तथा सत्कारतर्फ अगाडि बढिरहेको, पर्यटन प्रवद्र्धनका लागि निरन्तर सक्रिय रहेको र पर्यटन व्यवसायले देशको अर्थतन्त्रमा निकै टेवा पुर्याएको छ ।’ नेपाल घुम्न आउने पर्यटकमध्ये युरोप, भारत तथा चीनका पर्यटक बढी भएको र तिनीहरुलाई लक्ष्य गरी सेवा सुुविधामा परिमार्जन गरिने उनले बताए ।
वार्षिकोत्सवमा नेपालको पहिलो साङ्गीतिक समूह ‘नाइट ब्यान्ड’का कलाकारले नेपाली सांस्कृतिक, चालचलन र भाषा झल्किने गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, सीईओ दीपकराज जोशी तथा विभिन्न पर्यटन व्यवसायीहरु उपस्थित थिए ।