१५ ओटा आयोजनामा साढे ८ अर्ब ऋण लगानी गर्दै जलविद्युत् कम्पनी

६ वर्षअघि स्थापना भएको उक्त कम्पनीले नेपालका विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि पुँजी तथा लगानी जुटाउने गरेको हो । ५ सय ७८ मेगावाट क्षमताका १५ आयोजना बनाउन आवश्यक ऋण लगानी गरेको कम्पनीले अन्य पाँच कम्पनीमा पनि ३४ करोड रुपैयाँ लगानी गरेको हो ।

जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले विभिन्न १५ ओटा जलविद्युत् आयोजनामा झन्डै साढे ८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । ६ वर्षअघि स्थापना भएको उक्त कम्पनीले नेपालका विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि पुँजी तथा लगानी गरेको हो । ५ सय ७८ मेगावाट क्षमताका १५ आयोजना बनाउन आवश्यक ऋण लगानी गरेको कम्पनीले अन्य पाँच कम्पनीमा पनि ३४ करोड रुपैयाँ लगानी गरेको हो ।

चालू आर्थिक वर्षमा नै कम्पनीले ४ सय ३६ मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजनामा स्थानीयको १० प्रतिशत सेयर रहने गरी करिब १ अर्ब २६ करोड रुपैयाँ लगानी गरिसकेको छ । त्यसैगरी निजी कम्पनीको स्वामित्व लिई सेयरमार्फत् ३ अर्ब ५५ करोड लगानी भएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी पाँच वर्षमा निजी क्षेत्रबाट ५ सय ६५ मेगावाटका ८ ओटा अयोाजना निर्माणका लागि ५ अर्ब ९ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । त्यस्तै सरकारी निकायबाट पनि ५ ठूला आयोजना निर्माणका लागि १६ अर्ब २१ करोड रुपैयाँ सेयरको रुपमा लगानी गर्ने योजना बनाएको छ ।

त्यसैगरी निजी क्षेत्रको तर्फबाट १ हजार ३३ मेगावाटका १८ जलविद्युत् आयोजना निर्माणका लागि १४ अर्ब ४८ करोड रुपैयाँ ऋणको रुपमा लगानी गर्ने निर्णय कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले जानकारी दिए । निजी क्षेत्रबाट लगानी गरिने जलविद्युत् आयोजनामा सेयरमार्फत् ऋण तथा लगानी गर्ने उक्त कम्पनीले केही ठूला तथा साना क्षमताका आयोजनामा लगानी गरिरहेको छ ।

तीन वर्षमा ३ हजार, पाँच वर्षमा ५ हजार र दस वर्षमा १० हजार मेगावाटका आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्ने कम्पनीले हरेक वर्ष विभिन्न आयोजनामा लगानी गरिरहेको सीईओ पोखरेलले बताए ।

कम्पनीले हालसम्म सेयर तथा ऋणको रुपमा लगानी गरेका १५ आयोजनाहरु निम्न छन्ः