किसानलाई धान भित्र्याउने चटारो

“धान भित्र्याउन मारामार छ, अहिले गाउँमा कसैलाई फुर्सद छैन,” उनले भने। अर्का किसान पञ्चराम महर्जन माना रोपेर मुरी भित्र्याउने काम चलिरहेको बताउँछन् । उनी धान चुटेर परालको कुन्यू लगाउँदै थिए। चार रोपनी जग्गामा खेताला लगाएर उनले धान भित्र्याए । करिब २५ देखि ३० मुरी धान उत्पादन हुने आशा उनकाे छ ।