विभागको तथ्याङ्कमा उल्लेख भएअनुसार कृषि तथा वनजन्य क्षेत्रमा सात, ऊर्जामा चार, निमार्णमा एक, पर्यटनमा ४७, सेवामूलकमा ४७, उत्पादनमूलकमा ४० र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सात ओटा उद्योग प्रतिबद्धता आएको छ ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्म सात हजार कामदारलाई रोजगारीको अवसर दिने गरी एक सय एक सय ५३ उद्योगको प्रतिबद्धता आएको छ । यी उद्योग झन्डै साढे ६ अर्ब रुपैयाँबराबरका हुन् ।
उद्योग विभागका अनुसार स्वदेशी तथा विदेशी लगानीकर्ताले असोज मसान्तमसम्म उक्त सङ्ख्यामा उद्योग सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । अहिलेसम्म पर्यटन र उत्पादनमूलकमा लगानीकर्ताको बढी चासो रहेको विभागका सूचना अघिकारी दुर्गाप्रसाद भुसालले जानकारी दिए ।
विभागको तथ्याङ्कमा उल्लेख भएअनुसार कृषि तथा वनजन्य क्षेत्रमा सात, ऊर्जामा चार, निमार्णमा एक, पर्यटनमा ४७, सेवामूलकमा ४७, उत्पादनमूलकमा ४० र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सात ओटा उद्योग प्रतिबद्धता आएको छ ।
गत आर्थिक वर्षमा ३ सय ९५ उद्योगका आएका थिए । सूचना अधिकारी भुसालका अनुसार चालू आवमा दर्ता भएका ठूला उद्योगमा राजदेवी पल्प एन्ड पेपर इन्डस्ट्रिजमा २ अर्ब, सिटिजन्स हाइड्रोपावर कम्पनी (कास्की)मा १ अर्ब, वेभ फर्मास्युटिकल्स प्रालि (धादिङ)मा ४३ करोड रुपैयाँको लगानी प्रद्धिबद्धता आएको छ । यसबाट करिब ७ हजार नयाँ रोजागारी थपिने अनुमान छ ।
विगतका वर्षहरु जस्तो यस वर्ष पनि साना उद्योगमा लगानीकर्ताको बढी लगानी रहेको विभागको भनाइ छ । ‘सानो लगानीमा, थोरै जनशक्ति र सानो ठाउँबाटै व्यवसाय गर्न सकिने भएकाले लगानीकर्ता यसतर्फ आकर्षित भएका हुन्,’ भुसालले भने । गतवर्षको तुलनामा यो अवधिमा अपेक्षाभन्दा बढी लगानी आएको उनको तर्क छ ।