इपिङ नगरपालिका, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र साइनो नेपाल मिडिया सोसाइटीको संयोजनमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले यिबिन चियाको उत्पादन र बजार नेपाल पनि भएकाले यसले नेपालको अर्थतन्त्रमा सहयोग पुर्याउने बताए ।
कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले चिनियाँ चिया जस्तै नेपाली चिया पनि अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताएका छन् ।
इपिङ नगरपालिका, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र साइनो नेपाल मिडिया सोसाइटीको संयोजनमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले यिबिन चियाको उत्पादन र बजार नेपाल पनि भएकाले यसले नेपालको अर्थतन्त्रमा सहयोग पुर्याउने बताए । उनले दुई देशीय सम्बन्ध सुधारका लागि पनि चियाजन्य वस्तुको उत्पादन, उद्योग स्थापना र बजार विस्तारमा जोड दिनुपर्ने बताए ।
‘चीनको चिया जस्तै नेपाली चियालाई पनि अन्तर्राष्ट्रिय बजारमा पुर्याउन उत्पादनमा जोड दिनु जरुरी छ,’ उनले भने, ‘चिनियाँ यिबिन चियाको मार्केट अन्तर्राष्ट्रिय क्षेत्रमा भएजस्तै नेपाली चियाको पनि विस्तार र प्रवर्द्धन गर्नुपर्छ ।’ चीनको सिछुवान चिया संस्कृति आदानप्रदान र चिया उद्योगको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
चीनको सिछुवान प्रान्तस्थित इपिङ नगरपालिकाका उपमेयर चाङ फिङले चिया उद्योग प्रवद्र्धन तथा नेपाल सिछुवान चिया संस्कृति आदानप्रदान सम्बन्धी सामग्रीसँग चिनियाँ चियाको अन्तर्राष्ट्रिय विकास र प्रवर्द्धनबारे बोलेका थिए । कार्यक्रममा विभिन्न प्रकारका चियाका प्रकारहरु राखिएका थिए ।
चीनको सिछुवान प्रान्तस्थित युबिन सहरमा युबिन चिया बगान ३६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
चिनियाँ यिबिन चियाको विकास र प्रवर्द्धन नेपालसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न यिबिन चिया ग्रुप तथा यिबिन कृषि विकास लिमिटेडले गरिरहेका छन् ।