म्युचअल फण्ड : बजार घट्दा अधिकांश घाटामा

सेयर बजारमा धेरैभन्दा धेरैको प्रवेश होओस् र सामूहिक लगानीका लागि सहज होस् भनेर स्थापित म्युचुअल फण्ड कार्यान्वयनमा ल्याइएको हो । स्टकका अनुसार सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ मूल्य ११ रूपैयाँ छ । यस्तै एनएमबी सुलभ इन्भेसटमेन्ट फण्ड एकको प्रतिएकाइ मूल्य ११ रुपैयाँ २५ पैसा छ ।

धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ अाेटा त्यस्ता फण्डमध्ये तीन अाेटाको मात्रै अवस्था राम्रो छ भने बाँकी रहेका १० को भने अवस्था आधारभूत मूल्यभन्दा तल रहेको पाइएको छ ।

सेयर बजारमा धेरैभन्दा धेरैको प्रवेश होओस् र सामूहिक लगानीका लागि सहज होस् भनेर स्थापित म्युचुअल फण्ड कार्यान्वयनमा ल्याइएको हो । स्टकका अनुसार सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ मूल्य ११ रूपैयाँ छ । यस्तै एनएमबी सुलभ इन्भेसटमेन्ट फण्ड एकको प्रतिएकाइ मूल्य ११ रुपैयाँ २५ पैसा छ ।

त्यस्तै लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य १० रुपैया २५ पैसा छ । त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको अवस्था आधारभूत मूल्यभन्दा तल छ । त्यस्ता कोषको प्रतिएकाइ मूल्य १० रहने गरेको छ तर सेयर बजार निरन्तर ओरालो लाग्दा त्यस्तो कोषमा समेत प्रभाव परेको छ ।

सिटिजन म्युचअल फण्ड एकको प्रतिएकाइ मूल्य नौ रुपैयाँ ५२ पैसा छ । बजार घटेपछि सो फण्डको अवस्था समेत खराब छ । सो कोषको बजार पूँजीकरण ७८ करोड ६४ लाख रूपैयाँ छ ।

स्टकका अनुसार ग्लोबल आइएमर्इ समुन्नत स्कीम एक पनि आधारभूत मूल्यभन्दा तल छ । ९० करोड ६० लाख बजार पूँजीकरण रहेको सो म्युचअल फण्डको बजार मूल्य प्रतिएकाइ नौ रुपैयाँ छ पैसा छ ।

बजार घट्दै जाँदा लक्ष्मी इक्विटी फण्डको अवस्था पनि अरुको भन्दा फरक छैन । सो योजनाको बजार मूल्य प्रतिएकाइ आठ रुपैयाँ ५६ पैसा छ । एक अर्ब ७० करोड बराबरको बजार पूँजीकरण रहेको सो कोष केही समय पहिले आर्कषक मानिन्थ्यो ।

यस्तै लक्ष्मी बैंककै अर्को योजनाको रुपमा रहेको लक्ष्मी भ्याल्यू फण्ड भने नाफामा छ । प्रतिएकाइ १० रुपैयाँ १५ पैसा रहेको सो कोषको बजार पूँजीकरण पाँच अर्ब ७५ करोड रूपैयाँ छ ।

बजार पूँजीकरणमा दोस्रो स्थानमा रहेको नबिल बैंकको नबिल इक्विटी फण्डको अवस्था भने खराब छ । प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६४ पैसा रहेको सो कोषको बजार पूँजीकरण एक अर्ब ८० करोड रूपैयाँ छ ।

सोही बैंकको अर्को योजनाको रुपमा रहेको नबिल प्रगति फण्डसमेत आधारभूत मूल्यभन्दा तल छ । सो कोषको प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६८ पैसा छ । सो योजनाको बजार पूँजीकरण ६५ करोड १० लाख रूपैयाँ छ । त्यस्तै नबिल बैंकको नबिल समृद्धि फण्ड एक पनि आधारभूत मूल्यभन्दा कम छ । बजार पूँजीकरण ७२ करोड रहेको सो एकाइको बजार मूल्य नौ रुपैयाँ ६० पैसा छ ।

एनआइसी एशिया बैंकको प्रवर्द्धनमा रहेको एनआइसी एशिया ग्रोथ फण्डको प्रतिएकाइ मूल्य नौ रुपैयाँ २६ पैसा छ । सो योजनाको बजार पूँजीकरण ७७ करोड ३३ लाख ९५ हजार २०० रूपैयाँ छ ।

एनएमबी बैंकको प्रवर्द्धनमा रहेको एनएमबी हाइब्रिड फण्ड पनि सेयर बजार घटेसँगै आरोलो लागेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ ४२ रहेको सो योजनाको बजार पूँजीकरण नौ अर्ब ४२ करोड रूपैयाँ छ । लगानीकर्ताको मुख्य आकर्षणको रुपमा रहेको सो योजनामा समेत पछिल्लो समय आधारभूत मूल्यभन्दा तल आइपुगेको छ । सोही बैंकको प्रवर्द्धनमा रहेको एनएमी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको अवस्था भने सकारात्मक छ ।

प्रतिएकाइ तीन रुपैयाँ २५ पैसा नाफामा रहेको सो योजनाको बजार पूँजीकरण ९९ करोड ३७ लाख ५० हजार रूपैयाँ छ । सानिमा बैंकको प्रवर्द्धनमा रहेको सानिमा इक्विटी फण्ड पनि आधारभूत मूल्यभन्दा तल छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ २३ पैसा रहेको सो योजनाको बजार पूँजीकरण एक अर्ब १९ करोड ९९ लाख रूपैयाँ छ ।

सिद्धार्थ बैंकले प्रवर्द्धन गरेको दुई अाेटा योजनामध्ये एकको प्रतिएकाइ एक नाफामा छ भने अर्कोको घाटामा छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किममा एक रूपैयाँ नाफा देखिन्छ । सो योजनाको बजार पूँजीकरण एक अर्ब १० करोड रूपैयाँ छ । यस्तै सिदार्थ इक्विटी फण्डको अवस्था कमजोर छ । प्रतिएकाइ नौ रुपैयाँ २३ पैसामा कारोवार भएको सो योजनाको बजार पूँजीकरण भने एक अर्ब ३८ करोड ४५ लाख रूपैयाँ छ । रासस