तरलता समस्या समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध

परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी तरलताको सङ्कटले बैङ्किङ कर्जाको ब्याजदरमा उल्लेखनीय वृद्धि हुँदा उत्पादन लागत बढेकाले उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको बताएकाे हाे ।

नेपाल उद्योग परिसङ्घले मुलुकको वर्तमान अर्थव्यवस्थामा आएको तरलताका कारण उद्योग–व्यवसायमा परेको समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी तरलताको सङ्कटले बैङ्किङ कर्जाको ब्याजदरमा उल्लेखनीय वृद्धि हुँदा उत्पादन लागत बढेकाले उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको बताएकाे हाे ।
‘यही अवस्था कायम रहे आगामी वर्षभित्र मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुग्छ,’ शर्माले भने । अर्थतन्त्रको आकार बढेअनुरूपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी ब्याजदरलाई वाञ्छित सीमाभित्र ल्याउनु सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, नेपाल बैङ्कर्स एसोसिएसनलगायतले उपयुक्त मौद्रिक नीति तथा वित्तीय उपकरण प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासका लागि आफू कटिबद्ध रहेको र हालको तरलताको समस्या पनि सम्बन्धित सरोकारवालासँग छलफल गरी यथाशक्य सम्बोधन गर्ने आश्वासन दिएको अध्यक्ष शर्माले बताए ।