वक्ताहरुको जोड- ‘दिगो कृषि विकास लक्ष्य हासिल गर्न प्राङ्गारिक कृषिमा जानुपर्छ’

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले प्राङ्गारिक कृषि तर्फ आकर्षित गर्न ऐन बनाएर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले २/३ महिनाभित्र सुझाव सहितको प्रतिवेदन दिने गरी समिति बनाएर अगाडी बढ्न सकिने बताए ।

मुलुकको दिगो कृषि विकास लक्ष्य हासिल गर्न प्राङ्गारिक कृषिमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । विहीबार राष्ट्रिय किसान आयोग, नेपाल फ्लोरिकल्चर एशोसियसन समुह, राष्ट्रिय कृषक समुह महासंघ र स्कार्डको सहआयोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मुलुकमा प्राङ्गारिक कृषि तर्फ लैजान सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले प्राङ्गारिक कृषि तर्फ आकर्षित गर्न ऐन बनाएर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले २/३ महिनाभित्र सुझाव सहितको प्रतिवेदन दिने गरी समिति बनाएर अगाडी बढ्न सकिने बताए । ‘मुलुकलाई प्राङ्गारिक कृषि तर्फ लैजानु पर्छ’ उनले भने, ‘त्यस्का लागि छुट्टै टिम बनाउ । जस्ले २/३ महिनाभित्र सुझावसहित प्रतिवेदन बुझाओस । प्रतिवेदनका आधारमा ऐन बनाएर जाऔ’

त्यस्तै मन्त्रालयका सचिव युवकध्वज जिसीले पनि अबको कृषिको विकास प्रांगरिक कृषि विना सम्भव नहुने भएकाले ठोस मुल्यांकन र योजना बनाएर अगाडी बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रमा ७ ओटा सेसनमा प्राङ्गारिक कृषिसम्वन्धि अवधारणासहित कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा एनपीजीका अध्यक्ष प्रेम थापा, किसान आयोगका तर्फबाट दुर्गादत्त दबाडी, कृषि विकास मन्त्रालयका तर्फबाट गंगादत्त आचार्य, रोमलाल गीरी र राष्ट्रिय कृषक समुह महासंघका तर्फबाट अध्यक्ष उद्धव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।