सोमबारदेखि चीनमा पहिलो पटक अन्तर्राष्ट्रिय आयात मेला, नेपालले फ्री स्पेस पाउने

६ दिन सम्म सञ्चालन हुने उक्त मेला तथा प्रदर्शनीमा नेपालले पनि प्रवेश पाउने भएको छ । चीनको सांघाइ सहरमा हुने उक्त प्रदर्शनीमा विभिन्न ८० राष्टको सहभागिता हुनेछ ।

आगामी सोमबारदेखि चीनमा पहिलो पटक चाइना इन्टरनेसनल इम्पोर्ट मेला सुरु हुदैछ । ६ दिनसम्म सञ्चालन हुने उक्त मेला तथा प्रदर्शनीमा नेपालले पनि प्रवेश पाउने भएको छ । चीनको सांघाइ सहरमा हुने उक्त प्रदर्शनीमा विभिन्न ८० राष्ट्रको सहभागिता हुनेछ ।

चीनले आयोजना गरेको उक्त आयात प्रदर्शनीमा नेपालले भने फ्रि स्पेस पाउने भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीर्इपीसी) की सूचना अधिकारी शान्तिदेवी मल्लले जानकारी दिइन् । उनले अन्तर्राष्ट्रिय आयात मेलामा नेपाली कृषिजन्य वस्तु, हस्तकलाका सामग्री, पश्मिना, सुनचादी र व्यापारीक स्टलहरु रहने बताइन् ।

स्वदेशी वस्तुको अन्तर्राष्ट्रिय प्रवर्द्धन, पर्यटन र लगानी भित्र्याउने उद्देश्यका साथ उक्त प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, सचिव चन्द्रकुमार घिमिरेसहित लगानी बोर्ड र पर्यटन बोर्डबाट प्रतिनिधिको रुपमा चीन जाँदैछन् । नेपाली वस्तुको अन्तर्राष्टिय माग, पर्यटन, उद्योग र कृषि क्षेत्रको विकासका लागि चिनियाँ लगानी भित्र्याउने मुख्य उद्देश्य रहेको मल्लले बताइन् ।