जिल्ला कृषि विकास कार्यालयले २० लाख रुपैयाँ सहयोगमा पाँच वर्षदेखि १५ रोपनी जग्गा भाडामा लिएर नमूना अग्र्यानिक फार्म सञ्चालन गरी गत वर्ष ३५ लाख रुपैयाँ आम्दानी गरेका हरिजनले यस वर्ष ४५ लाख रुपैयाँ कमाएका छन् ।
कुश्मा नगरपालिका–३ आम्बोटका लालबहादुर हरिजनले वार्षिक रु. ४५ लाख आम्दानी गरी कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने युवालाई चुनौती दिएका छन् ।
जिल्ला कृषि विकास कार्यालयले २० लाख रुपैयाँ सहयोगमा पाँच वर्षदेखि १५ रोपनी जग्गा भाडामा लिएर नमूना अग्र्यानिक फार्म सञ्चालन गरी गत वर्ष ३५ लाख रुपैयाँ आम्दानी गरेका हरिजनले यस वर्ष ४५ लाख रुपैयाँ कमाएका छन् । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी, माछापालन, केराखेती र कुखुरापालन व्यावसायबाट हरिजनले उक्त आम्दानी गरेका हुन् । उनले जैविक प्रणालीबाट तरकारी खेती गर्छन् ।
फार्ममा गोलभँेडासँगै काँक्रा, घिराँैला, बोडी, सिमी, भिण्डी, खुर्सानी, साग, काउली, बन्दालगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँछन् । उनले एउटै गोलभेँडाको बोटमा २० किलोसम्म उत्पादन हुने बताए । हरिजनले नयाँ प्रविधि भित्र्याएर तरकारी खेती गरिरहेका छन् । उनले बिरुवालाई चाहिने खाद्यतत्त्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ अपनाएका छन् । मोदी–५ र कुश्मा–३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’को खेती सफल भएको हो ।
युवा पुस्ता लागि लोकप्रिय प्रविधिका रुपमा रहेको यो प्रविधि पर्वतमा पहिलोपटक भित्रिएको हो । हरिजनको फार्ममा उत्पादित तरकारी सदरमुकाम कुश्माबजार, डिमुवा, आम्बोट, गिज्यान र छिमेकी जिल्ला पोखरामा समेत बिक्री हुने गरेको छ ।