विराटनगर भन्सारमा १० अर्ब राजस्व

सो अवधिमा कार्यालयले नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६९ करोड ५८ लाख १२ हजार राजस्व बढी सङ्कलन भएको भन्सार प्रमुख निमांश अधिकारीले जानकारी दिए ।

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को चालू तीन महिनामा कुल १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६९ करोड ५८ लाख १२ हजार राजस्व बढी सङ्कलन भएको भन्सार प्रमुख निमांश अधिकारीले जानकारी दिए ।

सङ्कलित राजस्वमा भन्सार महशुल चार अर्ब १३ करोड ५८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क ६९ करोड ३१ लाख ४५ हजार रूपैयाँ छ ।

चालू आवको साउन, भदौ र असोज महिनामा भन्सार महशुल चार अर्ब दुई करोड ७६ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर तीन अर्ब ९६ करोड सात लाख ५८ हजार र अन्तःशुल्क एक अर्ब ३६ करोड ८५ लाख ६७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा भन्सार महशुल चार अर्ब १३ करोड ६८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क ६९ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन भएको भन्सार प्रमुख अधिकारीले जानकारी दिए ।