नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)ले आयोजना गरेको ‘इथिक्स इन बैङ्किङ’ कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गानाले पाँच सय र एक हजारका नोटको प्रयोग कम गराउने तयारी गर्नुपर्ने बताए ।
नेपाल बैङ्कर्स एसोसिएसन (एनबीए)का अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले नेपाल राष्ट्र बैङ्कले अब १० हजारसम्मका नोट छाप्नुपर्ने बताएका छन् । उनले अहिलेको मूल्यवृद्धि र नोटको माग धान्न ५ देखि १० हजारसम्मका नोट छाप्नतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।
नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)ले आयोजना गरेको ‘इथिक्स इन बैङ्किङ’ कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गानाले पाँच सय र एक हजारका नोटको प्रयोग कम गराउने तयारी गर्नुपर्ने बताए । त्यसका लागि प्रविधिको प्रयोग, डिजिटल बैङ्किङ तथा १० हजारसम्मका नोट छाप्न सकिने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नोट छपाइका समस्या बताएपछि त्यसको समाधानका लागि ५ हजार र १० हजारका नोट बजारमा ल्याउनु पर्ने बताए । यदि १० हजारसम्मका नोटको छपाइ राष्ट्र बैङ्कले गरेमा अहिलेको मूल्य वृद्धिको समयमा नोटको माग कम हुने ढुङ्गानाले बताए ।