नेपालको स्थापित व्यवसायीका रुपमा रहेका राणा सिप्रदी ट्रेडिङका अध्यक्ष हुन् । त्यस्तै व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने कम्पनीको सम्मान पनि राणाको सिप्रदी ट्रेडिङलाई नै दिइएको छ ।
व्यवसायी सिद्धार्थ शमशेर राणा सबैभन्दा बढी व्यक्तिगत आय कर तिर्ने करदाता बनेका छन् । शनिबार सम्पन्न सातौं राष्ट्रिय कर दिवस कार्यक्रममा राणालाई सरकारले सबैभन्दा बढी व्यक्तिगत कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले राणालाई व्यक्तिगत आयकर तिर्ने करदाताको रुपमा सम्मान गरेका हुन् । राणा लगातार पाँच पटक व्यक्तिगत रुपमा सरकारलाई सबैभन्दा बढी आयकर तिरेर सम्मानित हुँदै आएका छन् ।
नेपालको स्थापित व्यवसायीका रुपमा रहेका राणा सिप्रदी ट्रेडिङका अध्यक्ष हुन् । त्यस्तै व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने कम्पनीको सम्मान पनि राणाको सिप्रदी ट्रेडिङलाई नै दिइएको छ ।
त्यस्तै सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाल प्राली, उत्कृष्ट आय करदातामा नबिल बैंक, सुचना प्रविधितर्फ एफवान सफ्ट, निर्यात गर्नेमा सबैभन्दा बढी आयकर तिर्नेमा डाबर नेपाल, उद्योगमा हिमाल पावर, कृषिमा प्रो वायोटेक प्राली (निम्बस), सहकारी र लघुवित्तमा छिमेक लघुवित्त कम्पनी, बीमामा नेपाल पुर्नबीमा कम्पनी, स्वास्थ्य शिक्षामा नोवल मेडिकल कलेज तथा शिक्षण अस्पताल, पर्यटनमा ह्यात होटल, वार्षिक ४० करोडको कारोबार गर्नेबाट नेपाल इन्भेष्टमेन्ट प्राली, ४० देखि ८० करोड कारबोर गर्नेबाट धितोपत्र बोर्ड, २०७३/२०७४ मा विवरण बुझाएर सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट रहेका छन् ।