no-image

जुवा खालबाट व्यवसायीहरू मनोजकुमार सितलनाजी, विजय अग्रवाल, राजकुमार चौधरी, देवकुमार अग्रवाल, गौरवकुमार अग्रवाल, सुरेशकुमार खनाल, राजकुमार अग्रवाल, दिनेशकुमार अग्रवाल, रवि नेवानी, जगदीश कुमार, मनीषकुमार नेवानी, विकासकुमार नेवानी, मनोजकुमार भेटवालसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

काठमाडौंको बत्तीसपुतलीस्थित होटल मिराज लडर््स इनमा सञ्चालित जुवा खालमा छापा मार्दा प्रहरीले १३ जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

भारतीय नागरिक महेश गोयलको स्वामित्वमा रहेको होटलको कोठा नम्बर ५०२ जुवा खेल्दै गरेका बेला महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरी टोलीले शनिबार राति छापा मारेको थियो ।

जुवा खालबाट व्यवसायीहरू मनोजकुमार सितलनाजी, विजय अग्रवाल, राजकुमार चौधरी, देवकुमार अग्रवाल, गौरवकुमार अग्रवाल, सुरेशकुमार खनाल, राजकुमार अग्रवाल, दिनेशकुमार अग्रवाल, रवि नेवानी, जगदीश कुमार, मनीषकुमार नेवानी, विकासकुमार नेवानी, मनोजकुमार भेटवालसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

पक्राउ परेका १३ जनालाई जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट नैतिकताविरुद्ध कसुर गरेको अभियोगमा कारबाही अघि बढाइएको लामाले बताए । जुवा खालबाट प्रहरीले ७ लाख ६१ हजार १ सय ९० रुपैयाँ र १ लाख ८ हजार ८० भारतीय रुपैयाँ बरामद गरेको छ ।

होटलमा लामो समयदेखि भारतीय नागरिक र मारवाडी व्यापारीहरुको जुवा अखडा रहेको प्रहरीले जनाएको छ ।