बढी कर तिर्नेहरुलाई सम्मान गर्दा निर्माण व्यवसायलाई उपेक्षा

सरकारले शनिबार राजधानीमा एक कार्यक्रमबीच गत वर्ष सबैभन्दा बढी कर बुझाउने व्यावसायिक संस्था, बैङ्क, बिमा तथा पर्यटन व्यवसायका साथै स्वास्थ्य शिक्षासहित विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको थियो । तर त्यसमा निर्माण क्षेत्रलाई भने सम्बोधन नगरिएको भन्दै महासङ्घले असन्तुष्टि जनाएको हो ।

सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गर्ने क्रममा सरकारले निर्माण व्यवसायलाई सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले असन्तुष्टि जनाएको छ ।

सरकारले शनिबार राजधानीमा एक कार्यक्रमबीच गत वर्ष सबैभन्दा बढी कर बुझाउने व्यावसायिक संस्था, बैङ्क, बिमा तथा पर्यटन व्यवसायका साथै स्वास्थ्य शिक्षासहित विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको थियो । तर त्यसमा निर्माण क्षेत्रलाई भने सम्बोधन नगरिएको भन्दै महासङ्घले असन्तुष्टि जनाएको हो ।

महासङ्घका कार्यवाहक अध्यक्ष पेम्बा लामा शेर्पाले विज्ञप्ति मार्फत् समृद्ध नेपाल सुखी नेपालीको नारासहित अघि बढेको सरकारले यसरी निर्माण क्षेत्रलाई नै उपेक्षा गर्नु उपयुक्त नभएको बताए । कृषिपछि सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र निर्माण जगत् नै रहेको भन्दै विज्ञप्तिमा कर तिर्नेमा पनि निर्माण व्यवसायीहरु नै अग्र स्थानमा रहेको स्मरण गराइएको छ ।