गत वर्षको जिम्मेवारी सरेर आएको ४३ लाख ५२ हजार ९३१ असुल गर्नुपर्ने रकममध्ये अहिलेसम्म दुई लाख १६ हजार ८७७ रूपैयाँ मात्रै फर्छ्योट भएको अदालतका तहसिलदार धर्मराज सुवेदीले जानकारी दिए ।
म्याग्दी जिल्ला अदालतबाट भएका फैसलामा दोषी ठहरिएका प्रतिवादीहरुबाट पाँच करोड ४९ लाख ४२ हजार ४४ रूपैयाँ जरिवाना असुलउपर गर्न बाँकी छ ।
गत वर्षको जिम्मेवारी सरेर आएको ४३ लाख ५२ हजार ९३१ असुल गर्नुपर्ने रकममध्ये अहिलेसम्म दुई लाख १६ हजार ८७७ रूपैयाँ मात्रै फर्छ्योट भएको अदालतका तहसिलदार धर्मराज सुवेदीले जानकारी दिए । उच्च अदालत बुटवलले बैंकिङ कसुर र जिल्ला अदालत मनाङले गरेको डाँका चोरी मुद्दाको फैसलाको कार्यान्वयन गर्ने अख्तियारीसमेत म्याग्दी अदालतलाई आएको कारण असुल गर्नुपर्ने जरिवानाको रकम ह्वात्तै बढेको उनले बताए ।
अदालतमा बिगो भराउन र अंशबण्डाको लागि कुल ३७ निवेदन परेकोमध्ये १२ पहिलो चौमासिकमै फर्छ्योट भएको जिल्ला न्यायाधीश कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतअन्र्तगत रहेको फैसला कार्यान्वयन निर्देशनालयले यो वर्षको बाँकी अवधिलाई फैसला कार्यान्वयन वर्षको रुपमा घोषणा गरेअनुसार जिल्ला अदालतले समेत जिल्लामा असुली गर्न बाँकी रहेको कैद र जरिवाना असुलीका लागि सरोकारवाला निकायलाई सकारात्मक सहयोग गर्न आग्रह गरेको छ ।
सरोकारवालाको समन्वय, सहयोगबाटै अदालतबाट असुल हुन बाँकी दण्ड जरिवानालाई असुली गरी फैसला कार्यान्वयनमा लैजान सकिने न्यायाधीश कोइरालाले बताए । रासस