
‘मर्निङ वाक’मा निस्किएका हुसेनलाई बुधबार बिहान मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए ।
बुधबार बिहान सुनसरीमा गोली हानी हत्या गरिएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ६ जना भारतीय मुलका व्यक्ति हुसेनकै इँटा उद्योगका कामदार रहेको प्रहरीले जनाएको छ । ‘मर्निङ वाक’मा निस्किएका हुसेनलाई बुधबार बिहान मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट गम्भीर घाइते भएका हुसेनको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।