विश्वकपका लागि कतार एयरवेजको विशेष प्याकेज

फुटबलका प्रशंसकहरुलाई फिफा विश्वकपको अनुपम आनन्दको अनुभव प्रदान गर्नका लागि कतार एयरवेज होलिडेज प्याकेजमा हवाई यात्रा, होटल तथा खेलका आधिकारिक प्रतिस्पर्धाका टिकटहरु समावेश छन् ।

कतार एयरवेजले १४ जुनदेखि १५ जुलाई २०१८ सम्म हुने फिफा विश्वकपका लागि विभिन्न प्याकेजहरु ल्याएको छ । दर्शकले चाहेकै खेल हेर्न पाउने गरी आउँदो गर्मीयाममा हुने टुर्नामेन्टका लागि उसले यो प्याकेज ल्याएको हो ।

फुटबलका प्रशंसकहरुलाई फिफा विश्वकपको अनुपम आनन्दको अनुभव प्रदान गर्नका लागि कतार एयरवेज होलिडेज प्याकेजमा हवाई यात्रा, होटल तथा खेलका आधिकारिक प्रतिस्पर्धाका टिकटहरु समावेश छन् ।

कतार एयरवेज मार्केटिङ एन्ड कर्पोरेट कम्युनिकेसन्सकी सिनियर भाइस प्रेसिडेन्ट सुश्री सलाम अल शवाले भनिन्, ‘२०१८ को फिफा विश्व कपमा विश्वभरका फुटबल प्रेमीहरुका लागि यात्रा पैकेज अफर गर्न पाउँदा फिफाको आधिकारिक एयरलाइनका रुपमा कतार एयरवेज खुसी छ । हामीलाई विश्वास छ, खेलले मानिसहरुलाई सँगै ल्याउँछ, र हामी आप्mना यात्रीहरुलाई हामीसँग यात्रा गरेसँगै फिफा विश्व कपको उत्कृष्ट अनुभव दिन चाहन्छौं’, उनले भनिन्, ‘सेन्ट पिटर्सबर्गका लागि यस महिनाको सुरुमै सञ्चालित हाम्रो सीधा नयाँ उडानको सुरुआतसँगै उपर्युक्त प्याकेजहरु अफर गर्न पाउँदा हामी रोमाञ्चित भएका छौं । अब हाम्रो लक्ष्य हमाद अन्तर्राष्ट्रिय हवाई अड्डाको विस्तारित विश्वव्यापी सञ्जालद्वारा रुससँग धेरैभन्दा धेरै मान्छेलाई जोड्नु हो ।’

कतार एयरवेज फिफा २०१८ र २०२२ विश्व कपसहित धेरै विश्वस्तरीय खेल आयोजनहरुका आधिकारिक प्रायोजक हो । इच्छुकहरुले www.qrfootballpackages.com मा गएर फिफा विश्वकप रसिया २०१८ का सबै खेलका टिकट कतार एयरवेज र कतार होलिडेजको प्याकेजमा किन्न सकिने छ ।