
रोल्पामा एक जनाले बच्चरोले हानेर श्रीमतीको हत्या गरेका छन् । रोल्पाको सुनिल स्मृति गाउँपालिका—५ का ५५ वर्षीय इन्द्रबहादुर राईले ४२ वर्षीय श्रीमती त्रिमता घर्ती मगरलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मदिरा सेवन गरी घर्तीले श्रीमतीलाई बुधबार साँझ हत्या गरेका हुन् । घरायसी विवाद हुँदै जाँदा उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । घर्तीलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ ।