राष्ट्रपतिलाई एउटै गाडी किन्न १८ कराेड खर्च हुन्न, सञ्चार मन्त्री बास्काेटा

राष्ट्रपति कार्यालयमा हाल भएको गाडी पुरानो भएको कारण नयाँ गाडी किन्न लागिएको भएपनि एउटै गाडीको मूल्य भने १८ करोड नहुने बताए ।

राष्ट्रपति बिद्यादेवी भण्डारीका लागि १८ कराेड रूपैयाँकाे गाडी किन्ने खवर गलत भएको ससूचना तथा सञ्चारमन्त्री गाेकुल बास्काेटाले जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयमा हाल भएको गाडी पुरानो भएको कारण नयाँ गाडी किन्न लागिएको भएपनि एउटै गाडीको मूल्य भने १८ करोड नहुने बताए । १८ करोडभित्र अाधादर्जन गाडी किन्न लागेकाे उनको भनाइ छ । हालसम्म राष्ट्रपति र उपराष्ट्रपतिले कुनै सुविधा माग नगरेको बताउँदै सरकारले नै महसुस गरेर गाडी खरिद गर्न लागेको र याे निर्णय पुरानै भएको सञ्चारमन्त्री बास्काेटाकाे भनाइ छ ।

मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक गर्दै मन्त्री बास्काेटाले हल्लाकाे पछि नलाग्न सबैलाई अनुरोध गरेका छन् ।