
डढेलधुरामा यात्रुबहाक बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको छ। डडेलधुराबाट डोटी तर्फ जदै गरेको से १ क २९३ नम्बरको यात्रुबहाक बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको र १० जना घाईते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डढेलधुराका प्रमुख डम्बर बहादुर केसीका अनुसार दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र ६ जनाको उपचारका क्रममा जिल्ला अस्पताल डढेलधुरामा मृत्यु भएको हो।
डा केआई सिंह राजमार्गको अमरगढी नगरपालिका–११ स्थित सडकबाट बस झण्डै २ सय मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा परि घाईते भएका २७ जनाको जिल्ला अस्पताल डढेलधुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ। मेलाबाट फर्कदै गरेका बेला बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।