वाइडबडी खरिदसम्बन्धी सम्पूर्ण कागजात पेस गर्न समितिकाे निर्देशन

जनताको पैसाबाट विमान खरिद गरेको कारण जनतालाई स्पष्ट पार्न अावश्यक रहेकाले छानबिन समिति बनाउन अावश्यक छ ।

नेपाल वायुसेवा निगमले दुई अाेटा वाइडबडी विमान खरिद गरेका सम्पूर्ण कागजातहरु अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । समितिकी सभापति पवित्रा निराैलाले विमान खरिदकाे विषयमा धेरै विवाद भएको भन्दै अावश्यक छानबिनकाा लागि विमान खरिदका सम्पूर्ण कमगजातहरु उपलब्ध गराउन निर्देशन दिएकी हुन् ।

समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विमान खरिद भएको हाे कि हैन भन्ने विषयमा छानबिन गरी जनतालाई स्पष्टीकरण दिनुपर्ने बताए । उनले विमान खरिदकाे विषयमा तत्काल छानबिन उपसमिति बनाउनु पर्ने धारणा राखेका छन् । यस्तै समितिका सदस्य प्रकाशमान सिंहले नेपाल वायुसेवा निगमले जुनसुकै सामग्री किन्दा पनि सधैं विवाद अाउने भएको कारण विमान खरिदकाे विषयमा छानबिन उपसमिति बनाउन अावश्यक रहेको बताए ।

यसैगरी भीम रावलले वाइडबडी खरिदकाे विषयमा तत्कालै पर्यटन मन्त्रालयले जवाफ दिनुपर्ने बताएका छन् । जनताको पैसाबाट विमान खरिद गरेको कारण जनतालाई स्पष्ट पार्न अावश्यक रहेकाले छानबिन समिति बनाउन अावश्यक रहेको बताए ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले संसदीय समितिलाई अावश्यक कागजात दिन तयार रहेको बताए । विमान खरिदमा कुनै घाेटाला नभएको बताउँदै वाइडबडीकाे लालपुर्जासमेत दिन तयार रहेको उनको भनाइ छ ।