सेवानिवृत्तिपछिका लागि गरिने बचतमा ढिलाइले नकारात्मक परिणाम दिन्छन् । तपाईं बचत गर्न जति ढिलो सुरू गर्नुहुन्छ, सेवानिवृत्तिपछि पाउने बचतको लक्ष्य पूरा गर्न उति सकस हुन्छ । यदि तपाईं छिट्टै बचत गर्न सुरु गर्नुभयो भने सेवानिवृत्तपछि वर्षैपिच्छेको चक्रवृद्धि ब्याजसहित आफ्नो लगानी पाउनुहुनेछ ।
ऋण तिर्नु र पैसा बचाउनु दुवै अति महत्त्वपूर्ण आर्थिक लक्ष्य हुन् । यिनले तपाईंको बृहत्तर जीवन लक्ष्यसम्म पुग्न र सेवानिवृत्तपछि आरामपूर्वक जीवनयापन गर्न तपाईंका पाइला चाल्छन् । तपाईं आफ्नो सेवानिवृत्ति ऋणमुक्त होस् भन्ठान्नुहुन्छ । तर ऋणको पुनर्चुक्तामा ध्यान केन्द्रित गर्नुको अर्थ हो कि तपाईं आफ्नो सेवानिवृत्तिपछिको बचत त्याग गर्नुपर्ने हुन्छ । तर तपाईं आफ्ना पैसा खर्च गर्न सबैभन्दा राम्रो कुन ठाउँलाई रोज्नुहुन्छ ?
केवल ऋण तिर्ने समस्या
तपाईं पहिला आफ्नाा ऋण तिर्नुहुन्छ र भविष्यका लागि केही पनि जोगाउनुहुन्न भने तपाईंलाई आपत्कालीन आर्थिक समस्या आइपर्दा क्रेडिट कार्डबाहेक तपाईंसँग केही हुन्न । दुर्भाग्यवश, तपाईंको आशाविपरीत केही अत्यावश्यक खर्च आइलाग्छ । कुनै आपत्कालीन स्थितिमा आफ्नो क्रेडिट कार्डको उपयोग गर्नु भनेको ऋण तिर्न झन् कठिन हुने अवस्था सिर्जना हुनु हो ।
सेवानिवृत्तिपछिका लागि गरिने बचतमा ढिलाइले नकारात्मक परिणाम दिन्छन् । तपाईं बचत गर्न जति ढिलो सुरू गर्नुहुन्छ, सेवानिवृत्तिपछि पाउने बचतको लक्ष्य पूरा गर्न उति सकस हुन्छ । यदि तपाईं छिट्टै बचत गर्न सुरु गर्नुभयो भने सेवानिवृत्तपछि वर्षैपिच्छेको चक्रवृद्धि ब्याजसहित आफ्नो लगानी पाउनुहुनेछ ।
बचतमा मात्र समस्या
अर्कोतिर यदि पहिला बचत गर्नुहुन्छ र आफ्नो ऋण तिर्न ध्यान दिनुहुन्न भने तपाईं आफ्नो क्रेडिट कार्डको ब्याजमा पैसा बर्बाद गर्नुहुनेछ । क्रेडिट कार्डको ब्याजदर प्रायः बचतको ब्याजदरको तुलनामा बढी हुने हुँदा तपाईंले आफ्नो लगानीको तुलनामा ऋणको ब्याजमा बढी पैसा खर्च गर्नुहुन्छ ।
पहिला बचत गर्नुको अर्को समस्या हो— ऋणका साथ सेवानिवृत्ति हुनुपर्ने जोखिम । तपाईं आफ्नो सेवानिवृत्ति हुँदा सञ्चयकोष, उपदान आदिबाट प्राप्त गरेको बचत ऋण चुक्ता गर्न खर्च गर्नुपर्ने भएकाले आरामसँग जीवनयापन गर्न नसकेको महसुस गर्नुहुन्छ । त्यसकारण तपाईं या त असुविधाजनक स्थितिमा बस्नुपर्ने हुन्छ तथा आफ्नो ऋण चुक्ता गर्नुपर्ने हुन्छ । अथवा जबसम्म क्रेडिट कार्डको ऋण चुक्ता हुँदैन, तबसम्म फेरि काम गर्नुपर्ने हुन्छ ।
जब बचत अधिक महत्त्वपूर्ण हुन जान्छ
तपाईंसँग कुनै आपत्कालीन कोष वा जगेडा धन छैन भने तपाईं निकट भविष्यमै कठिन परिस्थितिमा जान सक्नुहुन्छ । अनि पुरानै स्थितिमा आउन महिनौं लाग्न सक्छ । राम्रो सन्तुलित आपत्कालीन कोष भनेको ६ देखि एक वर्षसम्म जीवनयापन गर्न सकिने खर्च हो । तर यतिका बचत गर्न वर्षौं लाग्न सक्छ । छोटो समयका लागि एक लाखसम्मको आपत्कालीन कोष बनाउनुहोस् । यो पैसाले तपाईंलाई भैपरी आउने अनेक खर्च टर्न सक्छ । अन्यथा क्रेडिट कार्डको प्रयोग गर्नुपर्ने हुन्छ । एक पटक आपत्कालीन फन्ड बनाइसकेपछि तपाईंले ऋण तिर्नतिर आफ्नो ध्यान पुर्याउन सक्नुहुन्छ ।
आर्थिक दृष्टिकोणले हेर्दा तपाईंले लिएको ऋणको ब्याजदरभन्दा तपाईंले बचत खातामा राख्नुभएको पैसाको ब्याज बडी आउँछ भने ऋण चुक्ता गर्नुभन्दा त्यो पैसा बैङ्कमा राख्दा बढी फाइदा हुन्छ । यस्तो प्रायः कम ब्याजदरको शैक्षिक ऋणमा हुने गर्छ । जतिसुकै सस्तो भए पनि ऋण भनेको ऋण नै हो । र, यसले तपाईंलाई मानसिक बोझ दिइरहन्छ ।
उत्तर दुवै हुन्
अन्त्यमा तपाईंलाई प्रत्येक महिना ऋण तथा बचतमा खर्च भएको धनराशिबीच सन्तुलन मिलाउनुपर्ने हुन्छ । यी दुईमध्ये कुनै एकको सट्टा अर्कोलाई बन्द गर्नु बुद्धिमानी हुँदैन । त्यसकारण ऋण र बचत दुवैका आफ्नो पैसा बाँड्ने तालमेल मिलाउनुहोस् । उदाहरणका लागि, तपाईं मासिक २० हजार अतिरिक्त कमाइ गर्नुहुन्छ भने १० हजार ऋण तिर्न र १० हजार बचत खातामा जम्मा जम्मा गर्न सक्नुहुन्छ ।
द ब्यालेन्स टुडेमा प्रकाशित ला तोया इर्बीको लेखको अनौपचारिक अनुवाद