अन्तर्राष्ट्रिय समितिले शुक्रबार विमान खरिद प्रक्रिया छानबिन गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो । प्रकाशमान सिंहको संयोजकत्वमा बनेको छानबिन समितिमा नेकपाका सांसद नारदमुनी राना र सङ्घीय समाजवादी फोरमकी रेनुका गुरुङ सदस्य छन् ।
वाइडबडी विमान खरिद प्रकरण छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन भएको छ । अन्तर्राष्ट्रिय समितिले शुक्रबार विमान खरिद प्रक्रिया छानबिन गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसँगको छलफलपछि समितिले छानबिनका लागि उपसमिति गठन गरेको हो । प्रकाशमान सिंहको संयोजकत्वमा बनेको छानबिन समितिमा नेकपाका सांसद नारदमुनी राना र सङ्घीय समाजवादी फोरमकी रेनुका गुरुङ सदस्य छन् ।
अन्तर्राष्ट्रिय समितिले उपसमितिलाई छानबिनको प्रतिवेदन बुझाउनका लागि एक महिनाको समय दिएको छ । शुक्रबारको बैठकमा सांसदहरुले वाइडबडी खरिद प्रक्रियासम्बन्धी प्रश्न उठाएपछि उपसमिति गठन गरी आवश्यक छानबिन हुनुपर्ने माग गरिएको थियो ।
सांसदले विमान खरिदसम्बन्धी आवश्यक छानबिन गर्नुपर्ने बताएपछि मन्त्री अधिकारी तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले छानबिनमा सहयोग गर्ने बताउँदै सहयोग नगर्ने कर्मचारीलाई प्रशासनिक कारबाही गर्ने चेतावनी दिएका छन् ।