गहुँको उन्नत बीउ अनुदानमा

कृषि शाखाका प्रमुख तिलकबहादुर केसीका अनुसार १९ वडाका ५ सय २६ किसानलाई आवश्यकता अनुसार गहुँको बीउ वितरण गरिएको हो ।

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले यसवर्ष दस मेट्रिक टन गहुँको उन्नत जातको बीउ अनुदानमा किसानलाई वितरण गरेको छ ।

कृषि शाखाका प्रमुख तिलकबहादुर केसीका अनुसार १९ वडाका ५ सय २६ किसानलाई आवश्यकता अनुसार गहुँको बीउ वितरण गरिएको हो ।

सम्बन्धित वडाको सिफारिसका आधारमा किसानलाई गहुँको बीउ वितरण गरिएको हो । कृषि शाखाले विजय ५.१ मेट्रिक टन, बाणगङ्गा– १ मेट्रिकटन, डवलु के १२०४ जातको १.४ तथा गौतम २.५ जातको गहुँको बीउ १० मेट्रिक टन वितरण गरिएको छ ।

कार्यालयले ४० प्रतिशत अनुदानमा प्रतिकिलो रु ३६ मा बीउ वितरण गरेको हो ।