बैठकमा लेखासमितिका सदस्य लेखराज भट्टले वाइड बडी प्रकरणबारे राम्रोसँग अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
संसद्अन्तर्गतको सार्वजनिक लेखासमिति बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधु रेग्मीले वाइडबडी विमान खरिदमा सार्वजनिक खरिद ऐनअनुसार नै गरिएको बताएका छन् ।
मङ्गलबार बसेको समिति बैठकमा सार्वजनिक खरिद ऐनअनुसार विमान खरिदको प्रक्रिया सबै मिलेको र यसमा घोटाला नभएको देखिएको उनको भनाइ छ ।
‘सार्वजनिक खरिद ऐनअनुसार नै जहाज किनेको देखिन्छ । प्रक्रिया पनि पूरा गरेको देखिएको छ । त्यसैले यसमा घोटाला भएको देखिँदैन’, संसदलाई जवाफ दिने क्रममा उनले भने । विमान खरिदका अन्य विषयबारे आफूहरुले छलफल गरिरहेको उनको भनाइ छ । ‘अरु विषय भने हामीले छानबिन गर्दै छौं’, उनले भने ।
बैठकमा लेखासमितिका सदस्य लेखराज भट्टले वाइड बडी प्रकरणबारे राम्रोसँग अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
यसैबीच बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयलार्इ सात दिनभित्र थप अध्ययन गरेर समितिलार्इ प्रतिवेदन बुझाउन निर्देशनसमेत दिएकाे छ ।