मलेसियाको म्याक्स मनी रेमिट्यान्सलाई कारोबारमा रोक

कम्पनीले रेमिट्यान्स कारोबार बापत नेपाल राष्ट्र बैङ्कलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेकाले उक्त कम्पनीसँग अन्य कम्पनीले कारोबार गर्न नपाउने भएका हुन् ।

काठमाडौं : मलेसियाको म्याक्स मनी रेमिट्यान्स कम्पनीबाट इजाजत पाएका रेमिट्यान्स कम्पनीले उक्त संस्थासँग कारोबार गर्न नपाउने भएका छन् ।

कम्पनीले रेमिट्यान्स कारोबार बापत नेपाल राष्ट्र बैङ्कलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेकाले उक्त कम्पनीसँग अन्य कम्पनीले कारोबार गर्न नपाउने भएका हुन् ।

केन्द्रीय बैङ्कबाट अर्को सूचना जारी नभएसम्म म्याक्स मनीलाई कारोबारमा रोक लगाइएको राष्ट्र बैङ्कले जनाएको छ ।