हालसम्म ९६.३ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाको सुरुवाती अनुमानित लागत ३१ अर्ब थियो । त्यसमध्ये अहिलेसम्म २६ अर्ब ३५ करोड रकम खर्च भइसकेको जनाइएको छ ।
दुई महिनाभित्र मेलम्ची खानेपानी काठमाडौंमा आइपुग्ने भएको छ । आइतबार संसद्अन्तर्गतको विकास समिति बैठकमा काम तीव्रताका साथ भइरहेकाले २ महिनामै पानी ल्याउन सकिने मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जनकारी दिए ।
हालसम्म ९६.३ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाको सुरुवाती अनुमानित लागत ३१ अर्ब थियो । त्यसमध्ये अहिलेसम्म २६ अर्ब ३५ करोड रकम खर्च भइसकेको जनाइएको छ । आयोजनाका अनुसार हेडवक्र्स तथा सुरुङ निर्माण र्तीव्रतासाथ भइरहेको छ । २५ हजार नौ सय १५ मिटर मुख्य सुरुङ फिनिसिङ भइसकेको छ । दुई किलोमिटर फिनिसिङ भने बाँकी छ । हेडवक्र्स निर्माणमा पनि दुई सय मिटर हेडबक्र्स डाइभर्जन सुरुङ सम्पन भइसकेको छ ।
मुख्य पानी प्रशोधन केन्द्र निमार्णमा पनि काम अगाडि बढिरहेको छ । दैनिक १७ करोड लिटर क्षमता पानी प्रशोधन हुनेछ, जसमा भाग एक सम्पन्न भइसकेको र भाग दुई थप दैनिक ८.५ करोड ीलटर प्रशोधन क्षमताको केन्द्र निर्माणाधीन रहेको छ ।
आयोजना प्रमुख कँडेलले जग्गा मुअब्जा, जग्गा प्रप्ति तथा क्षतिपूर्तिको लागत संकलन गरिए तापनि स्थानीरुको सडक कालोपत्रे गर्नुपर्ने समेतका विभिन्न मागका कारण जग्गा अधिग्रहण हुन नसकेको बताए । त्यस्तै वातावरण प्रभाव मूल्याङ्कनको कार्यमा अन्तर निकायको सहयोग हुन नसकेको आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन तयारी कार्य प्रभावित भएको जानकारी दिए ।