अख्तियारले थाल्यो क्यान महानिर्देशक गौतममाथि छानबिन

गौतममाथि उजुरीको चाङ लागेकाले प्रथामिकताक्रम छुट्टयाएर अनुसन्धान सुरु गरेको पाण्डेले बताए । ‘उनी विरुद्ध उजुरीका चाङ छन्, उनले भने, ‘पहिलो चरणमा ७ ओटा उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतममाथि आइतबारदेखि छानबिन सुरु गरेको छ ।

अख्तियारमा परेको दर्जनभन्दा बढी उजुरीमध्ये गम्भीर सात उजुरीमाथि छानबिन सुरु गर्दै प्राधिकरणसँग सम्बन्धित फाइल मागेको छ । अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेले प्राधिकरणका महानिर्देशक गौतममाथि परेका दर्जभन्दा बढी उजुरीमध्ये सात उजुरीमा अख्तियारले सूक्ष्म रुपमा अनुसन्धान थालेको बताए ।

पाण्डेका अनुसार पोखरा विमानस्थल निर्माणको टेन्डरमा भएको अनियमितता, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउँदा भएको अनियमितता, गौतमबुद्ध विमानस्थल निर्माणका लागि चाहिनेभन्दा बढी जग्गा लिएर सरकारलाई २४ अर्ब रुपैयाँभन्दा बढी आर्थिक भार पारेको, आर्थिक प्रलोभनमा परी पोखरामा क्षमताभन्दा बढी अल्ट्रालाइटलाई अनुमति दिएको, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा बाँड्दा अनियमितता गरेको, प्राधिकरणमा अनावश्यक रुपमा कर्मचारी पदपूर्ति गरेको, मुआब्जा बाँड्दा फरक फरक मूल्य निर्धारण गरेको भन्ने उजुरीमाथि अख्तियारले छानबिन थालेको हो ।

गौतममाथि उजुरीको चाङ लागेकाले प्रथामिकताक्रम छुट्टयाएर अनुसन्धान सुरु गरेको पाण्डेले बताए । ‘उनी विरुद्ध उजुरीका चाङ छन्, उनले भने, ‘पहिलो चरणमा ७ ओटा उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रदीप अधिकारीसँग मिलेर गौतमले बाटो नभएको जग्गालाई बढी मुआब्जा र बाटो भएकोलाई कम मूल्याङ्कन गरेर रकम उपलब्ध गराएका थिए । त्यसैको विरुद्ध अख्तियारमा उजुरी परेको पाण्डेले बताए ।
उनका अनुसार राष्ट्रिय गौरवका आयोजनामा सबैभन्दा बढी घोटाला गरेको उजुरी अख्तियारमा परेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता भएको भन्दै ४ ओटा उजुरी परेको छ । अख्तियारमा गौतम विरुद्ध परेका उजुरीमध्ये सबैभन्दा बढी पोखराकै छन् ।

गौतमले गौतमबुद्ध विमानस्थल निर्माण गर्दा पनि आवश्यक मूल्याङ्कन बिनै जग्गा खरिद गर्दा सरकारलाई २४ अर्ब रुपैयाँ नोक्सान पु¥याएको उजुरीमाथि पनि अख्तियारले गम्भीर चासो लिएर छानबिन सुरु गरेको छ ।

याे पनि पढ्नुहाेस् । 

https://capitalnepal.com/news/2253

https://capitalnepal.com/news/2486

https://capitalnepal.com/news/2299

https://capitalnepal.com/news/2253

https://capitalnepal.com/news/1825

https://capitalnepal.com/news/1141

https://capitalnepal.com/news/921

https://capitalnepal.com/news/957