कतारको दोहामा बसोबास गर्दै आएको पाल्पालीको संस्था पाल्पाली सेवा समाजले तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमुना माविमा एक लाख एक हजार १११ रूपैयाँको अक्षयकोष स्थापना गरेको हो ।
पाल्पा : पाल्पा जिल्लाको तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमुना माध्यमिक विद्यालयमा न्यून दृष्टियुक्त व्यक्तिको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ ।
कतारको दोहामा बसोबास गर्दै आएको पाल्पालीको संस्था पाल्पाली सेवा समाजले तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमुना माविमा एक लाख एक हजार १११ रूपैयाँको अक्षयकोष स्थापना गरेको हो ।
समाजका पूर्वअध्यक्ष यमबहादुर विक, भरतबहादुर खत्री, कृष्ण सारुलगायतले विद्यालयका प्रधानाध्यापक मोहन सापकोटालाई नगद एक लाख हस्तान्तरण गरेका हुन् । समाजका पूर्वअध्यक्ष यमबहादुर विकले न्यून दृष्टियुक्त विद्यार्थीका लागि अक्षयकोष स्थापनाबाट केही मात्रा भए पनि राहत पुग्ने बताए ।
विद्यालयका प्रअ सापकोटाले विदेशमा रहेर पनि जिल्लाप्रतिको सहयोगले समाज रुपान्तरणमा ठूलो सहयोग पुगेको बताए । सन् २००७ मा स्थापना भएको उक्त समाजले जिल्लाका पाँच विद्यालयमा गरीब तथा विपन्न समुदायका विद्यार्थीलाई एक लाख १५ हजार बराबरको झोला वितरण गरेको थियो । रासस