एक दिनमै ९ सयले बढ्यो सुनको भाउ

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ।चाँदीको मूल्य १० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय १० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।