हाङगुम दुर्दिम्बा जोडिने नावाखोलामा मेचिटारे पुल ३६ लाख ८४ हजार, नाङ्गिन, लुङरुपा जोडिने सिम्भुवा खोलामा साठी मुढे पुल २४ लाख २३ हजार, मेमेङ प्राङबुङ जोडिने हेँवा खोलामा खोलाटार पुल ३७ लाख ५१ हजार र सराङडाँडाको साँवासिर खोलामा २६ लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण हुनेछन् ।
पाँचथरमा चालू आर्थिक वर्ष २०७४÷७५ मा १२ ओटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । नेपाल सरकार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङ्गा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो ।
सिबुवा खोलामा २४ लाख ३६ हजार रुपैयाँमा, फाल्गुनन्द गाउँपालिकाको निबुवा खोलामा कोदोबारी पुल ३३ लाख ३५ हजार र याङवरकको फलँचा च्याङथापु जोडिने जौबारी झोलुङ्गे पुल ३५ लाख १४ हजार रुपैयाँमा निर्माण भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । कार्यालयका इञ्जिनियर प्रेम काप्mलेका अनुसार हाङगुम दुर्दिम्बा जोडिने नावाखोलामा मेचिटारे पुल ३६ लाख ८४ हजार, नाङ्गिन, लुङरुपा जोडिने सिम्भुवा खोलामा साठी मुढे पुल २४ लाख २३ हजार, मेमेङ प्राङबुङ जोडिने हेँवा खोलामा खोलाटार पुल ३७ लाख ५१ हजार र सराङडाँडाको साँवासिर खोलामा २६ लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण हुनेछन् ।
यस्तै, लुङरुपाको फेमे खोलामा ३३ लाख ६२ हजार, आङसराङको निवुखोलामा चुवाडे पुल ४१ लाख २० हजार, सिदिनको रिग्युवा खोलामा चण्डे पुल ५० लाख ७९ हजार, कुरुम्बा खोलामा ३७ लाख ५७ हजार र फाक्तेपको चङुजिवा खोलामा २९ लाख ७२ हजार रुपैयाँमा झोलुङ्गे पुल निर्माण हुन लागेको हो ।
पुल निर्माणमा कुल ४ करोड ११ लाख रुपैयाँ खर्च हुनेछ । कुल लागतको तीन÷तीन प्रतिशत गाउँपालिका र जिल्ला समन्वय समिति, दुई प्रतिशत उपभोक्ता समिति र बाँकी ९२ प्रतिशत नेपाल सरकार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको लगानी रहने साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत झोलुङ्गे पुल निर्माणका कार्यक्रम संयोजक दीपक बोहोराले जानकारी दिए ।