पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन

पुँजी बजारमा देखिएका समस्या र समाधानका लागि सरकारले समितिको गठन गरेको हो ।

काठमाडौंः अर्थमन्त्रालयले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न चार सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । पुँजी बजारमा देखिएका समस्या र समाधानका लागि सरकारले समितिको गठन गरेको हो ।

पुँजी बजार घट्नुको उपायसमेत पत्ता लगाउन पर्ने समितिमा केन्द्रीय बैङ्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजक छन् । धितोपत्र बोर्डका अध्यक्ष, बैङ्कर्स सङ्घका अध्यक्ष, अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव, सेयर लगानीकर्ता सङ्घका प्रतिनिधि सदस्य रहने समितिले एक साताभित्र प्रतिवेदन पेश गर्नेछ । पछिल्लो समय ब्याजदर बढेपछि अर्थमन्त्री बैङ्करहरुसँग रिसाएका छन् ।

समितिमा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र सेयर लगानीकर्ता सङ्घका प्रतिनिधि समेत रहने छन् ।